गर्मी धेरेलाई घमौराले सताउँछ । छाती, ढाँड र हातमा बढी घमौरा आउने गर्छ । जसले गर्दा पूरै शरीर नराम्रोसँग चिलाउने गर्छ । घरमै पनि घमौराको उपचार सम्भव छः
–घमौरा भएकाले प्याज, लसुनले झानेको दाल खानु हुन्न । काँचो प्याज खानाले शरीर शीतल रहन्छ । तर, झानेको प्याजले शरीरलाई गर्मी बनाउँछ । जसले गर्दा झन् बढी घमौरा आउँछ ।
–घमौरा भएको ठाउँमा बरफ दल्दा राहत मिल्छ ।
–घमौरा आएको ठाउँमा मुलतानी माटोको लेप लगाउनाले केही दिनमै घमौरा हराउँछ ।
–बिहान–बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन्।
–घमौरा आएको ठाउँमा मेहदीको लेप लगाउँदा केही दिनमै घमौरा हराउँछ। साथै, नुहाउने बेलामा मेहदीका केही पत्ता पिसेर पानीमा मिसाउने र त्यही पानीले नुहाउँदा पनि राहत मिल्छ।
–नीमको बोक्रा घमौरा आएको ठाउँमा दल्दा पनि राहत मिल्छ। अथवा पानीमा नीमका पात राखेर उमाल्ने र सेलाएपछि त्यही पानीले नुहाउने । यसो गर्दा पनि घमौरा घट्दै जान्छ।
–तुलसीको डाँठलाई चन्दनजस्तै गरी घोटेर यसको लेप घमौरा आएको ठाउँमा दल्नाले राहत मिल्छ।
–लसुनको पोटीलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्दा केही दिनभित्रै घमौराबाट मुक्ति मिल्छ।
–घमौराको समस्या दोहोरिरहनेहरूले गर्मीमा चनाको सातु खाने गर्नुपर्छ । साथै कागतीपानी पनि खाइरहने गर्नुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
