घरमा साङ्ला भगाउन अप्नाउनुहोस् यी उपाय

हरेकको घरमा खोज्ने हो भने, साङ्ला भेटिन्छ । खासगरी गर्मी सिजनमा साङ्ला बढी आउने गर्दछ। भान्सामा पुगेर साङलाले खानेकुरामा जुठो लगाउँछ । जब खानेकुरामा साङ्लाले जुठो हाल्छ, तब त्यसमा एक किसिमको ब्याक्टेरिया छाड्छ । साथै साङ्लाको ¥यालमा समेत व्याक्टेरिया हुन्छ।

साङ्लामा सैलमोनेला नामक भाइरस फैलाउने व्याक्टेरिया हुन्छ। यस्तो व्याक्टेरियाबाट बच्नका लागि घरमा साङ्ला आउन दिन रोक्नु पर्दछ। आज हामी तपाईलाई घरमा साङ्ला आउन नदिनका लागि गर्नु पर्ने केही सामान्य उपायका बारेमा जानकारी दिदैछौँ।

Advertisement

घरमा साङ्ला आउन नदिन अप्नाउनुहोस् यी उपाय
घरको सरसफाई गर्ने समयमा साङ्ला बस्ने कुनाकाप्चामा दिनहुँ सफा गर्नुहोस् । किनभने त्यस्ता ठाउँमा साङ्लाले आश्रय लिने गर्छ। त्यसलाई सफा गर्दा साङ्ला आउन कम हुने गर्दछ।

साङ्लोबाट मुक्ति पाउने पहिलो उपाय भनेको घरको सरसफाई हो । सफा र उज्यालो स्थान यसको लागि अनुकुल हुँदैन।

लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिस्नुपर्छ । उक्त पेस्टलाई पानीमा मिसाएर घोल तयार गर्ने । अब त्यो घोललाई एउटा बोत्तलमा राखेर साङला बस्ने कुना काप्चामा छर्कनुपर्छ । केहि समय नियमित घोल छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ ।

सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्लो बस्ने स्थानमा राख्नुपर्छ । त्यसको छेवैमा थोरै पानी पनि राखिदिनुपर्छ । सोडा खाएपछि यसले पानी पिउछ र मर्छ । बेकिङ सोडा यसको पेटमा गएपछि हानी र्पुयाउँछ ।

पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने । यसका लागि कुनैपनि किसिमको साबुन प्रयोग गर्न सकिन्छ । यस घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाँउमा छर्कनुपर्छ ।

More News last news
Loading...