गर्मीमा शरीरलाई यसरी बचाउनुहोस्

गर्मी मौसममा छाला, रगतका धमनी र पसिनाको बहावका कारण शरीर आफैँले गर्मी गराउँछ। यस्तो अवस्थामा हृदयरोगदेखि अन्य कैयौँ खतरा हुन सक्छ। यस्तो मौसममा खतरनाक लक्षणहरू देखा पर्छन्। जसको नियमन नगरेमा ज्यानै जान सक्छ :

– उच्च तापक्रमले मांसपेशी बटारिने र बाउँडिनेजस्ता समस्या हुन्छ। जसमा मुख्यतया खुट्टाका पिँडौला, हात तथा पेटका मांसपेशी प्रभावित भई अति दुख्ने र कडा हुन सक्छ। कतिपय मानिसमा शरीरको तापमान सामान्य हुँदा पनि यस्तो समस्या हुने गर्छ।

Advertisement

यद्यपि, उच्च तापक्रममा शरीरले आफ्नो ताप नियन्त्रण गर्न नसक्दा शरीरको भित्री तापक्रम बढ्न गई ४० डिग्रीसम्म पुग्छ। जसले गर्दा अत्यधिक पसिना आउने, वाकवाक लाग्ने, उल्टी आउने, टाउको दुख्ने, मांसपेशी बाउँडिने, बेहोसी र कमजोरीको अनुभवसमेत हुने गर्छ। यदि वेलैमा यसको उपचार नगरेमा लू लाग्न सक्छ।

– लू लाग्नु प्राणघातक हुने गर्छ। यस्तो अवस्थामा शरीरको तापक्रम ४० सेन्टिग्रेडभन्दा बढी हुन्छ। जसले छाला तात्छ तर शरीरले आफूलाई चिसो बनाउन असमर्थ हुन्छ। जसले गर्दा सकस हुने गर्छ।

– यसबाहेक मांसपेशी बाउँडिने, बान्ता हुने, गल्ने, अति टाउको दुख्ने र चक्कर लाग्ने तथा भ्रम दृष्टि हुने लक्षण पनि देखिन सुरु हुन्छ। यस्तो समस्याको आपात्कालीन उपचार नगरेमा मस्तिष्कलाई क्षति पुग्न सक्छ र मस्तिष्कघात वा ज्यान नै जान सक्छ।

यस्ता लक्षणपछि

– यस्ता लक्षण देखा परेमा वा महसुस भएमा तत्काल शरीरको तापमान कम गर्नतर्फ लाग्नुपर्छ। यसका लागि प्रशस्त मात्रामा पानी पिउने, व्यायाम गर्न रोक्ने, गर्मीबाट जोगिन चिसो ठाउँमा बस्नेजस्ता गतिविधि गर्नुपर्छ।

– यस्तो लक्षणपछि कोही न कोहीलाई साथमा राख्नुपर्छ । जसले सम्भावित जोखिम कम हुन्छ।

– लक्षण देखिनासाथ अतिरिक्त कपडालाई शरीरबाट हटाई प्रशस्त तरल पदार्थ सेवन गर्नुपर्छ।

– यस्तो अवस्थामा शरीरमा हम्किने, तापमान कम गर्न पानीले शरीर भिजाउनेजस्ता गतिविधि गर्दा पनि राम्रो हुन्छ।

– यस्तो लक्षण देखा परेको २० देखि ३० मिनेटसम्ममा आराम भएमा भने तत्काल चिकित्सकको मद्दत लिनुपर्छ।

More News last news
Loading...