नङमा यस्तो परिवर्तन आयो भने रहनुहोस् सावधान

सामान्यतया नङलाई सुन्दरतासँग जोड्ने गरिन्छ। सुन्दर नङ हुनेलाई स्वस्थ भने मान्न नसकिने एक अध्यनले देखाएको छ। नङमा आउने सामान्य परिवर्तनले पनि हाम्रो स्वास्थ्यमा समस्या हुन लागेको संकेत गर्ने विज्ञहरुले बताएका छन्।

नङ निली रंगको हुँदै गयो भने शरीरमा अक्सिजनको कमी भएको बुझ्नु पर्छ। यसले फोक्सोमा समस्या भएको संकेत गर्छ। कुनै पनि ब्यक्तिको नङको रंग निलो छ भने यस्ता ब्यक्तिलाई मुटुको समस्या हुन सक्ने वा फोक्सोमा समेत समस्या हुन सक्छ। यदि नङ लामा भएपछि औंला तिर नै फर्किन थाल्छन् भने यसले पनि शरी स्वस्थ नभएको संकेत गर्छ।

Advertisement

त्यस्तै जुन ब्यक्तिका नङ गुलावी र सफा हुन्छन् त्यस्ता ब्यक्तिको स्वास्थ्यमा समस्या हुन सक्छ। यस्ता नङ भएका ब्यक्तिलाई चिनीरोग अर्थात मधुमेहको पनि डर हुन्छ। कुनै पनि ब्यक्तिको नङ गोलो आकारको छ भने त्यस्ता ब्यक्तिलाई स्वास प्रश्वास सम्बन्धी समस्या हुन सक्छ। यस्ता नङ हुनेलाई फोक्सो सम्बन्धी समस्या समेत हुन सक्छ।

त्यस्तै कुनै पनि ब्यक्तिका नङ धब्बा र रेखा कोरिएका छन् तर लालिमा युक्त छन् भने त्यस्ता ब्यक्ति धनी हुन्छन्। नङको आकार ‌औंलाको टुप्पो भन्दा आधा आकारको छ भने त्यस्ता नङ सबै भन्दा राम्रा मानिएका छन्।

पहेंलो रंगका नङ हुने पुरुष नपुङ्षक हुने सम्भावना हुन्छ।

More News last news
Loading...