कम सुत्नेलाई घुँडा र जोर्नी दुख्ने खतरा

हालै गरिएको एक अध्यनले कम सुत्ने ब्यक्तिमा घुँडा तथा जोर्नी दुख्ने समस्या हुन सक्ने देखाएको छ। अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको स्कुल अफ मेडिसिनमा गरिएको अध्यनका क्रममा यस्तो तथ्य बाहिर आएको हो।

कम सुत्ने मानिसमा जोर्नी र घुँडा दुख्ने समस्या बढ्दै जान सक्ने उक्त अध्यनको निष्कर्ष छ। दुखाइको बारेमा सोंच्ने र सुत्न नसक्नेहरुमा यस्तो समस्या अझै बढी हुने समेत शोधकर्ताले बताएका छन्।

Advertisement

यो अध्यन २०८ जना सहभागीमाथि गरिएको थियो। कम सुत्ने ब्यक्तिहरुमा दुखाइ सम्बन्धि काम गर्ने मस्तिस्कको भाग सक्रिय रहने र त्यसले दुखाइलाई बढाउने समेत पाइयो।

यो अध्यन जर्नल अफ अमेरिकन कलेज अप र्‍यहूमेटोलोजीमा प्रकाशित छ।

More News last news
Loading...