एजेन्सी । कपडामा आइरन लगाउनु एकदमै आवश्यक हुन्छ । आइरन लगाएको कपडा लगाउदा राम्रो देखिनुको साथै सजिलो पनि हुने गर्छ।
कहिले काहीं आइरनको तल्लो भाग अर्थात मेटलको भागमा कालो दाग बस्ने गर्छ, जसले गर्दा आइरन गर्ने समयमा उक्त आइरनको कालो दाग हाम्रो कपडामा समेत लाग्न गई कपडा बिग्रिन्छ।
समयमै दाग लाई आइरन बाट हटाउनु निकै आवश्यक हुन्छ । आइरनमा लागेको दागलाई सजिलै यसरी हटाउन सकिन्छ ।
खाने सोडा र पानी :
एक चम्चा पानीमा २ चम्चा खाने सोडा हालेर तयार पारिएको लेदो/पेस्टलाई आइरनको प्लेटको दाग लागेको ठाउमा दल्ने। पेस्ट दले पछी सफा कपडा पानीमा डुबाएर पेस्टलाई पुछ्नुपर्छ। यदि आइरनमा बाफ आउने प्वाल छ भने उक्त प्वालमा पनि सफा गर्नुपछ ।
आइरनलाई अन गरेर फुल मोडमा पुरै तातो बनाएर ठाडो पारेर राख्नुस । आइरन तातो भएपछी सफा कपडामा आइरन दल्नुस, किचन टावेल प्रयोग गरे पनि हुन्छ। यसरी सफा कपडामा आइरन/दले पछी आइरनलाई बन्द गरि चिसो हुन दिनुपर्छ।
भेनिगर र नुन:
भेनिगर र नुनलाई मिसाएर पनि आइरनलाई सफा गर्न सकिन्छ । जसका लागि दुइभाग भेनिगर र एक भाग नुन मिसाउने त्यसपछि त्यसलाई उमाल्नु पर्छ। उम्लिसके पछी एकैछिन चिसो हुन दिनुपर्छ , र चिसो नुन-भेनिगरलाई आइरनको प्लेटमा दली सफा गर्दा सफा हुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
