एजेन्सी । बच्चाको जन्मपछि सुरुवातमा आमाले केही चुनौतीको सामना गर्नु पर्ने हुन्छ। नवजात शिशुको हरेक घण्टा आमाको दुध पिलाउनु पर्दछ। नियमित अन्तरालमा बच्चाको डायपर परिवर्तन गरिदिनु पर्दछ। उसको शरीरको तापक्रमका बारेमा तपाईले ध्यान दिनु पर्ने हुन्छ। साथै उसलाई माहोल पनि बनाइदिनु पर्दछ, ताकी उनीहरु आरामले सुत्न सकुन। यो पुरा प्रक्रिया कुनै पनि नयाँ अभिभावकका लागि सजिलो हुँदैन्। तर विशेषज्ञका अनुसार बच्चाको हेरचाह धेरै तनाव नलिएर पनि गर्न सकिन्छ। आज हामी तपाईलाई सजिलै बच्चाको ध्यान राख्ने केही उपायका बारेमा जानकारी दिदैछौँ।
बच्चालाई पटक पटक अँगालो हाल्नुहोस्
के तपाईलाई थाहा छ? नवजात शिशुलाई पनि यस भरोसाको आवश्यक हुने गर्दछ, की उनीहरु पूर्ण रुपमा सुरक्षित हातमा छन्। बच्चाले बोलेको कुरा तपाईले बुझन सक्नुहुन्न। तर तपाई उसलाई कति माया गर्नुहुन्छ भन्ने कुरा उनीहरुले सजिकै महशुस गर्न सकछन्। त्यसैले उनीहरुलाई भरोसा दिलाउनका लागि पटक पटक अँगालो हाल्नु पर्दछ। यसो गर्दा बच्चा कम रुने तथा लामो निद्रा सुत्ने गर्दछन्। यसो गर्दा बच्चाको शरीरमा अक्सिटोसिन नामक अर्मोन निस्किने गर्दछ। यसले स्वासथ्यलाई तन्दरुस्त राख्नुका साथै शरीरको तापक्रम पनि नियन्त्रण राख्न सहयोग गर्दछ।
आमाको दूध आवश्यक छ
नवजात शिशुलाई सबैभन्दा बढी ताकत दिने तथा विरामीबाट बचानका लागि आमाको दूध आवश्यक पर्ने गर्दछ। आमाको दूधमा बच्चाका लागि चाहिने सबै पोषण तत्व पाइने गर्दछन्। दूध पिलाउदा बच्चालाई डकार आउने गरी पिलाउनु पर्दछ।
यसरी नुहाइदिनुहोस्
बच्चालाई हरेक दिन नुहाइदिनुहोस्। यो भ्रममा नपर्नुहोस् की बच्चालाई चिसो लाग्ला । नियन्त्रित तापक्रममा मनतातो पानीले बच्चालाई हरेक दिन नुहाइदिनु पर्दछ। जबसम्म बच्चाको गर्भनाल सुक्दैन्। एक सानो भाँडामा मनतातो पानी लिनुहोस् र त्यसमा बेबी लिक्विड सोफ राखेर मिलाउनुहोस्। त्यसपछि सफा सुतीको कपडा त्यसमा भिजाउनुहोस् र बच्चालाई विस्तारै पुछिदिनुहोस्। बच्चाको त्वचा धेरै नाजुक हुने भएकाले सल्का हातले सफा गर्न आवश्यक छ। आँखा, कान नाक आदीमा साबुनको प्रयोग नगरिदिनुहोस्।
सरसफाइमा ध्यान दिनुहोस्
नवजात शिशुको सफाइमा धेरै ध्यान दिनु पर्ने हुन्छ। शिशुको नजिक हात सफा गरेर मात्र आउनुहोस्। बच्चाको ओछ्यान, तकिया र लगाउने कपडा पानीमा धोइसकेपछि एकपटक डिटोल पानीमा राख्न जरुरीछ। नबजात शिशुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले चाडै इन्फेक्सन हुने खतरा हुन्छ। त्यसैले सरसफाइमा सतर्कता अप्नाउनु पर्दछ।
डायपरको छनौट राम्रो गर्नुहोस्
बच्चाका लागि राम्रो क्वालिटीको डायपर छनौट गर्नुहोस्। यस मामिलामा डिस्पोजेबल डायपरको प्रयोग सबैभन्दा उपयुक्त मानिन्छ। बच्चालाई यो लगाइदिएपछि पटक पटक परिवर्तन गरिदिनु पर्दछ।
सुत्ने समय तय गर्नुहोस्
यो भ्रममा नपर्नुहोस् की सानो बच्चालाई कुनै वानी लगाउनु हुँदैन्। नवजात शिशु सुरुवातमा १७ देखि १७ घण्टा सुत्ने गर्दछन्। उनीहरु सुरु सुरुमा बिउँझिने र फेरि सुत्ने गरेर आफ्नो निद्रा पुर्याउने गर्दछन्। पछि विस्तारै उनीहरु रात र दिनको महशुस गर्न थाल्दछन् र खेल्न पनि सुरु गर्दछन्। यसो भइसकेपछि उनीहरुलाई विस्तारै एउटै समयमा सुत्ने वानी लगाउनुहोस्। यसो गर्दा बच्चा रातमा आनन्दले सुत्ने गर्दछन् र आमालाई पनि सुत्न दिन्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
