एजेन्सी । आजको समयमा धेरैजसो मानिस मोटोपनको समस्याबाट हैरान हुने गर्दछन्। बढिरहेको वजनका कारण कुनै व्यक्तिको व्यक्तित्व पूर्ण रुपमा खराव हुने गर्दछ। कहिलेकाही मोटोपनका कारण दोस्रो व्यक्तिका सामु लज्जित हुनु पर्दछ। मोटोपनका कारण शरीरमा विभिन्न किसिमका रोगको खतरा हुने गर्दछ। त्यसैले मानिस आफ्नो वजन कम गर्नका लागि विभिन्न उपाय अप्नाउने गर्दछन्, तर पनि त्यसले उनीहरुको वजनमा कमी आउँदैन्। आज हामी केही यस्ता तरिकाका बारेमा जानाकारी दिदैछौँ, जसका कारण तपाईको वजन सजिलै घट्न सक्छ।
१) यदी तपाई आफ्नो वजन कम गर्न चाहनुहुन्छ भने एक गिलास मन तातो पानीमा कागती र अदुवाको रस मिलाउनुहोस्। यसो गर्दा तपाईको पेटमा जम्मा एको फ्याट सजिलै कम हुने गर्दछ।
२) एक गिलास पानीमा धनियाको धूलो राखेर राम्रोसँग उमाल्नुहोस्। जब पानी आधा हुन्छ, तब त्यसलाई छानेर चिसो हुन दिनुहोस्। यस पानीलाई दिनमा २ वा ३ पटकसम्म पिउनुहोस्। यसो गर्दा तपाईको वजन तिब्र रुपमा बढ्न थाल्दछ।
३) तपाईको खानामा कम्पलेक्स कार्बोहाइडेट्स जस्ता चीज जस्तै जौँ, कोदो, गहुँ सामेल गर्नुहोस्। यसबाहेक हरियो तरकारी र सिजन फुलफुलको सेवन गर्नुहोस्। यस्तो डाइट लिदा सजिलै तपाईको वजन घटन थाल्दछ।
४) वजन कम गर्नका लागि मेवा फाइदाजनक हुने गर्दछ। यसले तपाईको पेटमा बोसो जम्मा हुन पाउँदैन्।यदी तपाई आफ्नो वजन कम गर्न चाहनुहुन्छ भने आफ्नो डाइटमा मेवा अवश्य सामेल गर्नुहोस्। यस बाहेक दालचिनी पनि तपाईको वजन घटाउन लाभदायिक हुने गर्दछ। हरेक दिन दालचिनीको धूँलो एक गिलास पानीमा मिलाएर खाने गर्नुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
