यदि तपाईं बिहान ऊर्जावान् महसुस गर्न चाहुनुहन्छ भने तीनवटा कागती काटेर आफ्नो बेड नजिकै राख्नुहोस् । हरेक दिन यो नियम अपनाउनुहोस् र फरक देख्नुहोस् । कागतीको बास्ना निकै ताजा महसुस गराउने किसिमको हुन्छ र यसले निकै शक्तिशाली सफाइ गर्दछ । आज हामी तपाईंलाई कागतीका यस्तै रोचक प्रयोग बारे जानकारी दिँदै छौं ।
बेडरुममा कागती राख्दा निकै बास्ना आउँछ । यो प्रयोग गर्दा तपाईंले बेडरुममा रुम फ्रेशनरजस्तो केमिकलयुक्त स्प्रे प्रयोग गर्नुपर्दैन ।
बेडरुममा कागतीको बास्नाले दम र रुघा खोकीले सास फेर्न समस्या हुने व्यक्तिहरुलाई सास फेर्न सहज हुन्छ र अर्को दिन निकै ताजा भएको महसुस हुन्छ ।
कपालको रङ मनपरेन र यदि यसबाट छुटकारा पाउन चाहुनुहुन्छ भने कागतीको रस लगाउनुहोस् । यसमा पाइने साइट्रिक एसिडले कलर जान्छ ।
स्याड काटेर राख्दा त्यो बिस्तारै खैरो हुँदै जान्छ । यदि यसो हुनबाट जोगिन चाहनुहुन्छ भने काटिएको स्याउमा कागतीको रस लगाइदिनुहोस् ।
कपडामा यदि किलाको खिया लागेको छ भने त्यसमा कागतीको रस र बेकिङ सोडा राखेर स्क्रब गर्नुहोस् । त्यसपछि साधारण सफाई गर्नहोस् । यसले दाग हट्छ ।
बाथरुम, ऐना र कारको ऐनालाई सफा गर्नका लागि कागतीको रस प्रयोग गर्नुहोस् । यसो गर्दा पानीको दाग र सबै प्रकारको फोहोर सफा हुन्छ ।
सेतो कपडा राख्दा राख्दै पहेंलो भएको छ भने त्यसलाई केही बेर कागती पानीमा डुबाएर राख्नुहोस् । त्यसपछि साधारण धुलाई गर्नुहोस्। हराएको चमक फिर्ता आउनेछ।
प्लाष्टिकको बोटल वा लञ्च बक्सको चिल्लो र त्यसको गन्धबाट छुटकारा पाउनका लागि रातभरी कागती पानीमा डुबाएर राख्नुहोस् र बिहान बेकिङ सोडाले सफा गर्नुहोस्।
चपिङ बोर्डमा लागेको फल वा तरकारीको दाग हटाउन चाहुनुहुन्छ भने कागतीको टुक्रा काटेर त्यसमा रगड्नुहोस्। दागका साथै त्यसको गन्ध पनि हट्छ।
सिंक सफा गर्नका लागि कागतीको रसमा नुन मिसाएर मिश्रण बनाउनुहोस् र त्यसले बेसिन, सिंकको सफाई गर्नुहोस्।
कागतीको टुक्रालाई कुहिनो र घुँडामा रगड्नुहोस् । यसमा पाइने ब्लिचिङ एजेन्टले त्यसको कालोपन हटाउँछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
