केही मानिस असाध्यै घुम्छन्। नीतिज्ञानका अनुसार अधिक भ्रमण गर्ने व्यक्ति छिट्टै बुढा हुन्छन्। साधुसन्तहरू वर्षभरि वनपर्वत घुम्थे तर चतुर्मासको अवधिमा कुनै एक स्थानमा बसेर ध्यान लगाउँथे अनि हरिचर्चा गर्थे।
सृष्टि सञ्चालनका लागि मैथुन आवश्यक क्रिया हो। शास्त्रहरूमा यसलाई गृहस्थ आश्रमको अभिन्न अंग मानिएको छ। तर अत्यधिक मैथुन गर्ने मान्छे समयअघि नै बुढो हुन्छ अनि उसको तागत र सुन्दरता समेत नष्ट हुन्छ।
वीर्य संरक्षण र ब्रह्मचर्य पालनलाई महत्व दिनुपर्छ। परिश्रमको फल मीठो हुन्छ र मनमुताबिक सफलता पाउनका लागि परिश्रम गर्नुपर्छ । शारीरिक क्षमतालाई ध्यानमा राखेर परिश्रम गर्नू भनी शास्त्रले बताएको छ। यसो नगर्दा तागत र जवानी नष्ट हुन्छ। भगवानलाई खुशी बनाउन धेरै मानिस व्रत र उपवास गर्छन्।
शास्त्रमा पनि यसलाई महत्व दिइएको छ। तर शरीरले थाम्नसक्ने जत्ति मात्र उपवास गर्नुपर्छ। तन स्वस्थ भए मन स्वस्थ हुन्छ अनि हरिभजन गर्न सकिन्छ। मासु रक्सी जस्ता नशाको सेवन गर्ने मानिस रोगले ग्रस्त भएर समयअगावै वृद्ध हुन पुग्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
