सधै जवान देखिन चाहनुहुन्छ ? यस्ता खाना नखानुहोस्

आफूलाई सधैँ जवान देखाउन चाहने मानिसले यस्ता खाना कम खाने अथवा नखाने गर्नुपर्छः चिनी चिनीले अनुहार फुस्रो बनाउने भएकाले चिनीयुक्त खाना, मिठाइलगायत धेरै खानु हुँदैन। रक्सी कलेजोले छालामा भएका टक्सिन हटाउँछ । रक्सी खानाले कलेजो कमजोर हुन्छ, जसले गर्दा छालाको टक्सिन हराउँदैन र अनुहार बुढोजस्तो देखिन्छ।

रक्सीले छालालाई डिहाइड्रेट पनि गर्छ । ह्वाइट वाइन ह्वाइट वाइनमा हुने एसिडले दाँतको इनामेल हट्छ र दाँतमा कस लागेजस्तो देखिन्छ । सेकुवा मासुको सेकुवामा हाइड्रोकार्बोन बढी हुने भएकाले सेकुवा धेरै खाँदा अनुहारको उज्यालोपन हराउँदै जान्छ। नुनिलो खाना नुनिलो खाना बढी खानाले शरीरमा पानीको मात्रा कम हुने भएकाले अनुहार फुस्रो देखिन्छ। प्रोसेस्ड मिट ससेजलगायत प्रोसेस्ड मिटमा सल्फाइट नामक तŒव र नुन बढी हुने भएकाले यसले शरीरलाई डिहाइड्रेड गर्छ र मानिसको छालालाई फुस्रो बनाउँछ।

Advertisement

मसलेदार खाना मसलेदार खाना बढी खानाले अनुहारको चमक हराउँदै जान्छ। रातो मासु कोलाजेन नामक अनुहारलाई चम्किलो बनाउने तŒव रातो मासु बढी खानाले कम हुँदै जान्छ। अनुहार फुस्रो र पाको देखिन्छ। इनर्जी ड्रिंक्स इनर्जी ड्रिंक्स खाइरहने मानिसको दाँतको इनामेल हराउँदै गई दाँत कालो देखिन्छ। चिया/कफी चिया/कफीमा क्याफिन प्रशस्त मात्रामा पाइने भएकाले बढी कफी पिउँदा छाला डिहाइड्रेट हुन्छ र मानिस बुढोजस्तो देखिन्छ।

More News last news
Loading...