हृदयघात हुनुभन्दा एक महिनाअघि शरीरले दिन थाल्छ यस्ता संकेत

हृदयघातको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ। यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ।

बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन। यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ। यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ।

Advertisement

अन्य भागमा पीडा
छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो।

सास लिन अप्ठ्यारो
सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ।

पाचनतन्त्रमा गडबडी
पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ।

आत्तिने
लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ।

अत्यधिक पसिना
कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो।

गोडा फुल्ने
मुटुलाई शरीरका अन्य अंगमा रगत पु–याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो।

ढुकढुकी बढ्नु
धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस्।

More News last news
Loading...