के तपाई कानमा तेल हाल्नुहुन्छ ? अवश्य ध्यान दिनुहोस् यी कुरा, नत्र…

तपाई हामी बिचमा एउटा कुरा सधै खट्किरहन्छ कि कानमा तेल हाल्न हुन्छ कि हुदैन ? घरमा आमा हजुरआमाले बच्चा सेक्ने बेलादेखि बच्चाको कानमा तेल हाल्ने गरेको हामीले देखेका छौ ।

तर हामीलाई थाहा नहुन सक्छ कि यसले के कस्ता समस्या निम्त्याउन सक्छ भनेर । आउनुहोस यसै विषयमा आज चर्चा गरौं

Advertisement

कानमा तेल हाल्नु राम्रो हैन किनकि कानमा तेल धेरै समय सम्म रह्यो भने धुलो जम्मा भएर कान चिलाउने समस्या आउन सक्छ ।

कानमा पानी पर्यो भने वाफ बनेर संक्रमण हुने सम्भावना धेरै हुन्छ ।

कानको जाली मा प्वाल परेको बेलामा तेल हालियो भने संक्रमण भएर सल्यक्रिया सम्म पनि गर्नु पर्ने हुन्छ ।

अब यदि कानमा तेल नहालि चित्त बुझ्दैन भने यस्तो गर्दा हुन्छ।

१. कान दुखेको बेलामा नहाल्नुहोस ,अन्य समयमा हाल्न सक्नुहुन्छ तर
२. तेल हाल्नु अघि कान सफा गर्नुहोस
३ . कानमा धेरै कानेगुजी भएको बेलामा नहाल्नुहोस सकेसम्म कानेगुजी निकालेर मात्र हाल्नुहोस ।
४ . तेल तताएर त्यसमा भएक किटाणु मारेर मात्र हाल्नुहोस तर तेल लाइ सेलाउन भने पक्कै दिनुहोस ।
कानमा दुई थोपा भन्दा धेरै तेल नहाल्नुहोस र तेल हालीसकेपछि २-३ मिनेटपछि कान नरम

१. कपासले सफा गर्नूहोस र केहि समस्या देखिए तुरुन्तै चिकित्सकलाई देखाउनुहोस ।
२ . तेल हाल्नु अघि कान सफा गर्नुहोस
३ . कानमा धेरै कानेगुजी भएको बेलामा नहाल्नुहोस सकेसम्म कानेगुजी निकालेर मात्र हाल्नुहोस ।
४. तेल तताएर त्यसमा भएक किटाणु मारेर मात्र हाल्नुहोस तर तेल लाइ सेलाउन भने पक्कै दिनुहोस ।
कानमा दुई थोपा भन्दा धेरै तेल नहाल्नुहोस र तेल हालीसकेपछि २(३ मिनेटपछि कान नरम कपासले सफा गर्नूहोस र केहि समस्या देखिए तुरुन्तै चिकित्सकलाई देखाउनुहोस ।

कानेगुजी बारेका केही भ्रम र यथार्थ

कानमा जम्ने कानेगुजीलाई निकै फोहोर चिज मानिन्छ । कानेगुजी किन जम्छ ? कानेगुजी जम्मा हुन नदिन के गर्ने ? कानेगुजी कसरी निकाल्ने ? भन्ने बारेमा विभिन्न खालका मान्यताहरु रहेका छन् । कानेगुजीका बारेमा रहेका केही भ्रम र त्यसको यथार्थ यस्तो छ:

भ्रम: कानमा कानेगुजी हुनै हुँदैन । यो हानीकारक हुन्छ ।

यथार्थ: कानेगुजी कानमा आफैं उत्पादन हुन्छ र यसका कैयन् फाइदाहरु समेत हुन्छ । यसले धुलो तथा अनय बाह्य पदार्थ र किटाणुहरुलाई समेत आफूमा समायोजित गर्दछ र कानभित्रको संवेदनशील क्षेत्रमा जान दिँदैन । कानेगुजीमा कानमा संक्रमण हुनबाट जोगाउँदछ ।

भ्रम: दिनहुँ कान सफा गर्नुपर्दछ ।

यथार्थ: कानको कानेगुजी आफैं बाहिर निस्किन्छ । कहिलेकाहीँ कानको प्वाल सानो तथा टेढो हुनुका कारणले मात्र कानेगुजी ठूलो परिमाणमा भित्र जमिरहने हो । कानभित्र पानी पस्दा कानेगुजी फुल्छ र व्यक्तिलाई असहज महसुस हुन्छ ।

यस्तोमा विशेषज्ञ चिकित्सककोमा जानुपर्छ । त्यसैले दिनहुँ कानेगुजी सफा गर्न आवश्यक छैन । कानेगुजी निकाल्नका लागि कानभित्र कुनै तिखो बस्तु पसाल्नुको साटो कानको बाहिर सतहको छालामा भिजेको कपडाले हल्का सफा गर्नुपर्दछ ।

भ्रम: इयरबडले कान सफा गर्नु सुरक्षित र प्रभावकारी हुन्छ ।

यथार्थ: इयरबड होस् वा अन्य वस्तु जे सुकैले कानेगुजी निकाल्नुस्, त्यसले केवल बाहिरी सतहबाट मात्रै कानेगुजी निकाल्न सक्दछ ।

यसरी लगातार इयरबडले कानेगुजी निकाल्ने प्रयास गर्दा केही कानेगुजी उल्टै कानको भित्री भागतर्फ ठेलिन्छ । जसका कारण कानको जालीको नजिकै गएर कानेगुजी जम्मा हुन थाल्दछ । यसले कानको जालीमा संक्रमण हुने तथा चोट पुग्ने खतरा हुन्छ।

भ्रम: तातो तेल कानमा हाल्नु फाइदाजनक हुन्छ।

यथार्थ: कान दुखेको बेला, टिनिन्न गरेको बेला कानमा तातो तेल हाल्ने चलन छ । यसो गर्दा उल्टै कानमा ढुसीको संक्रमण तथा अन्य समस्या पैदा हुनसक्दछ।

कानको सुरक्षाका लागि

रुघाखोकीलाई बेवास्ता नगर्नुस्। लामो समयसम्म रुघाखोकी रहनाले कानको जाली तथा कानको हड्डीसम्बन्धी रोगको समस्या हुन्छ।

नाक बन्द रहँदा वा रुघा लाग्दा नाक र कानको बीचमा हुने युस्टेचियन ट्युबमा असर पुग्न सक्दछ। जसका कारण उक्त नलीमा संक्रमण हुन सक्दछ।

कानभित्र पानी छिर्न नदिनुहोस्। नुहाउने बेलामा कानमा तेल वा भ्यासलिन चोपेको कपास लगाउन सकिन्छ। एजेन्सी

More News last news
Loading...