के तपाईलाई राति निन्द्रा लाग्दैन् ? ध्यान दिनुहोस् यी कुराहरु

यदि तपाईहरुमा निद्रा नलाग्ने समस्या देखिएको छ भने सजग हुनहोस् । निद्रा तपाईको लािग निक्कै अपरिहार्य छ । निद्राले तपाईको दैनिकीमा मात्र हैन स्वस्थ्य र आयुमा पनि प्रत्यक्ष असर पार्दछ । २४ घण्टामा तपाई ७ देखि ९ घण्टा चाँही अवश्य सुत्नुहोस् । जसले ब्रेनलगायत शरीरका महत्वपूर्ण अंगलाई आराम दिन्छ ।

निद्रामा ९० मिनेटको साइकल हुन्छ । पहिलो २० मिनेटलाई सुरूवाती निद्रा भनिन्छ। जुन निद्रामा हामीहरु तुरुन्तै उठ्न सक्छौं । यसलाई ‘स्टेप स्लिप’ भनिन्छ । त्यसपछि करिव ५० मिनेट गहिरो निद्रा हुन्छ । गहिरो निद्रामा पुगेपछि मानिसलाई उठाउन गाह्रो हुन्छ र साइकलको अन्तिम १०–१५ मिनेटमा सपनाहरु आउने हुन्छ । यसरी ढेड घण्टाको एउटा साइकल हुन्छ। निद्रामा करीब ५–६ वटा साइकल पुरा गर्नुपर्छ।

Advertisement

यसरी निद्रा साइकल पुरा भयो भने हामी बिहान उठिसकेपछि फ्रेसको महसुस गर्दछौ। निद्रा नलाग्न कारणहरु के के हुन् ? निद्रा नलाग्ने कारणहरु धेरै छन् । शारीरिक, मनोवैज्ञानिक, सामाजिक, आध्यात्मीक कारणले गर्दा मानिसमा निद्रा नलाग्ने हुन्छन्।

निद्रा नलागेमा के गर्ने ?

छिटो सुत्ने
एउटै समयमा सुत्ने र उठ्ने
निदाउनको लागि मदिरा नपिउने
चुरोटरसुर्ती सेवन नगर्ने
भोकै नसुत्ने तर हल्का मात्रै खाने
नियमित शारीरिक गर्ने
सुल्नु भन्दा पहिले करिव आधा घण्टा आराम गर्ने
निद्राको लागि औषधी प्रयोग नगर्ने
सुत्नु भन्दा पहिले मनतातो दुध वा पानि पिउने
सुत्नु भन्दा पहिले मन तातो पानीले नुहाउने

More News last news
Loading...