काठमाडौँ । कपालमा कलर गर्दा गुणस्तरीय हेयर कलरको प्रयोग गर्नुपर्छ। कपालमा कलर अघि कपालको सम्वेदनशीलता बारे थाहा हुनु जरुरी हुन्छ। पहिले पनि कलर गरिसकेको छ भने त्यो जरुरी छैन तर, नयाँ प्रोडक्ट प्रयोग गर्दा एकपटक प्याच टेस्ट गरेर मात्र कलर गर्दा कपालको लागि राम्रो हुन्छ। प्याच टेस्ट गर्दा चिलाउने, पोल्ने, फुल्ने, फोकाहरु आउने जस्ता समस्या भएमा हेयर कलर गर्नु हुँदैन।
प्याच टेस्ट गर्दा कलर एजेन्ट र हाइड्रोजन पेरोअक्साड थोरै थोरै मिसाएर नाडी, कानको पछाडि लगाएर ५–१० मिनेटपछि पुछ्ने र २४ घण्टसम्म साइड इफेकट वा एलजी हुन्छ वा हुँदैन त्यसको जाँच गर्नुपर्छ। कलर लगाउँदा अनुभवीको हातबाट मात्र लगाउदा राम्रो हुन्छ। कपालको कलरभन्दा गाढा, फिका वा फरक रङ कस्तो लगाउने हो, सो अनुसार कलर हाइड्रोजन परोअक्साइडको कन्सिसटेन्सी पनि छान्नु पर्छ। अन्यथा नचाहेको कलर निस्कने सम्भावना हुन्छ।
स्ट्रट, कर्ली, पहिले नै रंग्याइएको वा हाइलाइट, लो–लाइट गरिएको कपाल वा पूरै ब्लीच गरिएको कपाल छ भने त्यस्तो कपाललाई विशेष ध्यान दिनुपर्छ। राम्रोसँग ध्यान दिइएन भने कपाललाई हानि पुग्ने सम्भावना बढी हुन्छ। त्यसैले सुरक्षाका उपाय अपनाएर मात्रै कपालमा कलर गर्नुपर्छ । कपाल झरेको, चाया परेको, घाउखटिरा आएको वा लामो बिरामी भएको अवस्थामा कपालमा कलर गर्नु हुँदैन।
सुन्दर कपाल छ भने कलर गर्दा झनै सुन्दर देखिन्छ । कतिपय अवस्थामा समस्यायुक्त कपालमा कलर गर्नुपर्ने हुन्छ। सही ट्रिटमेन्ट र सुरक्षित ढंगले कपाल कलर गर्दा परिणाम सुन्दर देखिन्छ भने कपाल पनि स्वस्थ हुन्छ। मेहन्दी लगाएको वा मेटालिक कलर प्रयोग गरिएको कपालमा नचाहेको कलर बस्दैन्।,कलर गरिएको कपाललाई विशेष स्याहारको आवश्यक पर्छ।
कडा घाम, हावा, प्रदूषणबाट बचाउन प्रोटेकिटभ लोसन वा सेम्पोको प्रयोग गर्नुपर्छ। गाढा कलर बसेमा ब्लिच बाथबाट फिका बनाउन सकिन्छ। फिका रङमा भएमा आवश्यकता अनुसारको रङ थपेर परेको रङमा कलर गर्न पनि सकिन्छ , सुक्खा र पातलो कपालले छिटो कलर टिप्छ तर बाक्लो र चिल्लो कपालमा कलर बस्न गाह्रो हुन्छ। कपाल कलर गरिसकेपछि आफैले ओइल मसाज गर्ने गर्नु पर्छ।कपालमा कलर पछि ट्रिटमेन्ट क्रिम लगाउन बिर्सियो भने पनि कपाल बिग्रने सम्भावना हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
