के तपाई दुध र केरा सँगै खानुहुन्छ ? सावधान !

काठमाडौं । केरा र दुध दुईटैलाई धेरै नै पोषक तत्व भएका खाद्यपदार्थको रुपमा लिने गरिन्छ । दुधलाई प्रोटिनको एकदमै राम्रो स्रोत मानिन्छ भने केरामा पोटासियम, फाइबर र भिटामिन प्रशस्त मात्रामा पाइन्छ । यसकारण मानिसहरुलाई स्वस्थ रहनको लागि दूध र केरा खाने सल्लाह दिइन्छ।

सायद हामि सबैले पनि केरा र दूध संगसंगै खाएका छौं होला तर आयुर्वेदका अनुसार यी दुवै चिज संगै खानु अथवा दुधमा केरा घोलेर खानु स्वास्थ्यको लागि अहितकारी हुन सक्छ। यदि तपाई दुइटै चिज खान रुचाउनु हुन्छ भने अगाडि दूध पिउनुहोस र त्यसको २० २५ मिनेट पछि मात्र केरा खानुहोस। आखिर केरा र दुध एकसाथ किन नखाने ?

Advertisement

१.केरा र दुध एकसाथ खानु दम रोगीको लागि हानिकारक हुन्छ । यसले कफ बढाउछ र दम रोगीलाई श्वास फेर्न गाह्रो हुन्छ ।

२.यी दुईटैलाई संगै खादा शरिरमा टोक्सिस उत्पन्न हुन्छ, जस्ले एलर्जी गराउने सम्भावना बढ्छ ।

३.केला र दूध एउटैमा मिसाएर खानाले यिनिहरुको गुण नष्ट हुन्छ, जसले गर्दा पाचन क्रियामा गडबडी भई आन्द्रामा समस्या आउन सक्छ।

४.केरा र दूध दुईटैको मौलिक गुण चिसो हुने भएकाले यी दुईटैलाई एकसाथ मिसाएर खानाले रुघा खोकीको समस्या बढ्न सक्छ।

५ .शरिरको तौल बढी भएका हरुको लागि केरा र दूधको एकसाथ सेवन फाइदाजनक रहदैन । किनकी यसले शरिरको तौल एकदमै छिटो बढाउछ तर दूब्लो मान्छेको लागि भने यो लाभदायी हुने गर्छ।

More News last news
Loading...