सवारीसाधनमा यात्रा गर्दा वाकवाकी लाग्ने, रिँगटा लाग्ने, असहज महसुस हुनेजस्ता समस्या देखा पर्छन्। यसलाई सामान्य भाषामा गाडी लाग्नु भनिन्छ भने अंग्रेजीमा मोसन सिकनेस भनिन्छ। प्रायः बालबालिका, माइगे्रनका बिरामी, गर्भवती वा रजस्वला भइरहेका महिलामा यसको संवेदनशीलता बढी देखिन्छ।
विशेषगरी गाडीमा यात्रा गर्दा शरीरका इन्द्रियहरूले सन्तुलित ढंगले काम गर्न सक्तैनन् । यसले कसै–कसैमा पैदा हुन्छ अनि बान्ता हुन्छ । यसर्थ, यात्रा गर्ने क्रममा सकेसम्म सीधा अगाडि हेर्नुपर्छ। आँखाको दृष्टि झ्यालछेउछाउका वस्तुभन्दा टाढा केन्द्रित गर्नुपर्छ । यसले रिँगटा लाग्न कम गर्छ।
गाडी चढ्नुअघि मानसिक रूपले तयार हुन आवश्यक हुन्छ। मलाई बान्ता आउँछ, रिँगटा लाग्छ भन्ने सोचेर बस्दा सोही हुने सम्भावना बढी रहन्छ। पछाडिका सिटमा बस्दा गतिको बढी अनुभूति हुन्छ। तसर्थ, बान्ता हुनेले सकभर अगाडिको सिट रोज्नु उपयुक्त हुन्छ।
गाडीमा प्रयोग गरिने पेट्रोलियम पदार्थको गन्धले समेत बान्ता आउँछ। त्यसैले, समय–समयमा बाहिरको स्वच्छ हावा लिने गर्नुपर्छ।
यात्रा दौरान हलुका अमिलो–पिरो खानेकुरा वा कागती सेवन गर्दासमेत केही राहत महसुस हुन्छ। यात्रा गर्नुभन्दा करिब आधा घन्टाअघि बान्ता नआउने औषधि सेवन गर्न सकिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
