काठमाडौँ । धेरैजसो भ्रम छ कि अविवाहित युवतीको पाठेघरमा समस्या आउने तथा बिग्रने खतरा रहँदैन । अविवाहितको पाठेघरमा समस्या निम्तिने धेरै कारण् छन्।
२० प्रतिशत अविवाहित युवतीमा पाठेघरमा समस्या हुने गरेको तथ्यांक छ। तर विभिन्न हर्मोनको रोकावटका कारण उनीहरु पाठेघरमा समस्या भएको महिनावारीअघि थाहा नहुन पनि सक्छ।
कारणहरु :
१. खुला समाजमा असुरक्षित यौन सम्पर्क गर्दा संक्रमण फैलिएर बिहे नगरेका युवतीको पाठेघर विग्रिएको पाइन्छ ।
२. यौन इच्छा पूरा गर्ने प्रक्रियामा रहने अनिश्चित गर्भ तुहाउन प्रयोग गरिने औषधि तथा असुरक्षित गर्भपतनका कारण पनि अविवाहिता युवतीको पाठेघर विग्रने गरेको छ।
३. आमा वा अगाडिको पुस्ताका महिलामा पाठेघरमा समस्या देखिएको भए पछिल्लो पुस्तामा जेनेटिक हुन सक्छ । जेनेटिक असर जन्मजात या विवाह नगर्दै देखिन सक्छ।
लक्षण :
१. अविवाहिता युवतीको पाठेघरमा समस्या भएको महिनावारी हुँदा केही लक्षण देखिन्छ । महिनावारी हुँदा धेरै नै पटे दुख्छ भने समस्या भएको हुन सक्छ।
२. महिनावारी नभएका युवतीको योनिबाट अत्याधिक मात्रामा सेतोपानी बगेमा पाठेघरमा समस्या भएको बुझ्न सकिन्छ । संक्रमणबारे भने उनीहरूको पेटमा गर्भ रहे नरहेको जाँच गर्दा मात्रै थाहा पाउन सकिन्छ।
३. सामान्यतया असुरक्षित यौन सम्पर्कपछि सेतोपानी बग्ने, योनी चिलाउने, गनाउने, बढी रक्तश्राव हुने, खाएको शरीरमा नलाग्नेजस्ता लक्षणले पाठेघरमा समस्या भएको बुझाउँछ।
चेतना :
१. हरेक युवतीले आफ्नो पाठेघरको महत्व वुझ्न जरुरी छ । बच्चा जन्माउने क्षमता त हुँदै हो यसको सम्बन्ध पूरै स्वास्थ्यसँग जोडिएको हुन्छ।
२. गलतलाइ गलत बुझ्न नसक्ने उमेरमा नै असुरक्षित यौन सम्बन्धमा युवतीहरू फस्ने गरेका छन्। सुरक्षित गर्भपतनको सेवा दिएको सरकार र सम्बन्धित नियकाले दाबी गरे पनि प्रभावकारीता छैन।
३. राज्यको शैक्षिक प्रणाली तथा अभिभावकहरुले सन्तानप्रति यौनको सवालमा देखाउने व्यवहार नै गलत छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
