बुहारीले तातो माड खन्याउँदा जेठाजु घाइते

सप्तरी । सप्तरीको राजविराजमा एक महिलाले आफ्नै जेठाजुको शरीरमा भातको तातो माड खन्याएर सिकिस्त बनाएकी छन्।

राजविराज नगरपालिका ११ फर्सैठका राजकुमार खंगको शरीर आफ्नै बुहारीले माड खन्याएपछि जलेको छ। उनको धेरै ठाउँमा घाउ बनेको छ। बुहारी भोलीदेवी खंगले माड खन्याएको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ।

Advertisement

राजकुमारको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले भोलीदेवीलाई नियन्त्रणमा लिएको छ।

घटना शुक्रबार दिउँसोको हो। जतिबेला यी दुबैबीच नालासम्बन्धी विवाद भइरहेको थियो । भेलीदेवीका श्रीमान रोजगारका निम्ति विदेशमा रहेको बखत घर अगाडिकै नालाको बिषयमा राजकुमारसँग विवाद भएको र सोही क्रममा उनले माड खन्याएर जेठाजुलाई सिकिस्त बनाएको प्रहरीको भनाइ छ।

More News last news
Loading...