तपाईका यस्ता गल्तीले बढ्छ मोटोपन, बेलैमा ध्यान दिनुहोस्

फिट रहन हामी जस्तो उपाय पनि अपनाउन तयार हुन्छौं । योग, व्यायाम, स्वस्थ खानेकुराजस्ता कुरामा ध्यान पुर्याउँछौं । तर पनि शरीरको तौल बढिरहेको हुन्छ । खासमा हामीमा भएका केही बानीले तौल घटाउनभन्दा बढाउन भूमिका खेलिरहेका हुन्छन् ।

टिभी हेर्दै खाने
टिभी हेर्दाहेर्दै केके खायौँ र कति खायौँ भन्ने हामीले पत्तो पाउँदैनौँ । टिभी हेर्दै खाएका खान्कीको मात्रा बढी जान्छ । यसले वजन बढाउन भूमिका खेल्छ । यसका लागि बेलाबेलामा ब्रेक लिएर उठ्ने, हिँडडुल गर्ने बानी बसाल्नुपर्छ ।

Advertisement

भोकभोकै बस्ने
कतिपय अवस्थामा हामी हतार–हतार खाली पेट नै अफिसका लागि निस्कन्छौं । कतिपय अवस्थामा घरमै हुँदा पनि भोकभोकै बस्ने बानी हुन्छ कतिपयको । यस किसिमको बानीले हाम्रो शरीरमा आवश्यक पोषणको मात्रा कमी हुन्छ । लामो समयपछि एकैचोटि धेरै खाना खानाले एसिडिटी हुनसक्छ । त्यसैले समयमा खाना खानुपर्छ अथवा डाइट लिने गर्नुपर्छ ।

छिटोछिटो खाने

खानालाई राम्रोसँग नचपाई छिटोछिटो खाने बानी पनि मोटोपनको कारण बन्न सक्छ । यसले पाचन प्रणालीलाई असर गर्छ । त्यसैले सीमित खानेकुरा खानुपर्छ । खाना खाँदा कुनै पनि किसिमको काम नगर्दा राम्रो । फेरि भोक लागेमा फलफूल र स्वस्थ खानेकुरा खानुपर्छ

पर्याप्त नसुत्ने

राति ढिला सुत्ने र बिहान चाँडै उठ्ने बानीले पनि मोटोपन हुने गर्छ । यसले गर्दा शरीरको शक्ति कमजोर हुँदै जान्छ र डिप्रेसनको समेत खतरा हुन सक्छ । त्यसैले प्रत्येक दिन ७–८ घण्टा सुत्ने बानी बसाल्नुपर्छ । समयमै काम सक्ने गर्नुपर्छ ।

फास्ट फुड खाने
फास्ट फुड खाने बानीले पनि मोटोपनको समस्या निम्त्याउँछ । फास्ट फुडमा क्यालोरीको मात्रा बढी हुने भएका कारण मोटोपन हुने गर्छ । चिनी र मुटु रोगको पनि सिकार हुन सक्छ । त्यसैले सकेसम्म फास्ट फुड नखाने, खाए पनि हप्तामा एक दिन मात्र खाने र तेलयुक्त खाने कुरा खानुपर्छ ।

मदिरापान सेवन गर्नाले
व्यायाम तथा स्वस्थ्य खाने कुरा खाँदाखाँदै पनि अझै मोटाउने समस्या हुने गर्छ । बढी क्यालोरीयुक्त मदिरापान सेवन गर्नाले पनि मोटोपन हुने गर्छ । यसका लागि सकभर मदिरापानबाट टाढै रहनु बेस हुन्छ ।

More News last news
Loading...