एजेन्सी । हर्टअट्याक अर्थात हृदयघात कतिबेला हुन्छ कसैलाई थाहा हुँदैन। यो अकस्मात हुने मुटुको रोग हो । तर हृदयघात हुनु अघि केही लक्षणहरु भने देखिन्छन् । जुन अचानक सुरु हुन्छ।
हृदयघात हुनु अघि छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने लक्षण देखिन सक्छ । त्यसको साथ साथै पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ ।
यस्ता लक्ष्यण देखिएमा तत्काल चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ। हृदय घात हुनुका प्रमुख कारणहरु यसप्रकार छन्ः
उच्च रक्तचाप
उच्च रक्तचाप हृदय घातको प्रमुख कारण मानिन्छ । उच्च रक्तचाप भएका मानिसमा मुटुले रगत छिटो छिटो पम्प गर्ने हुँदा मुटुमा बढि दबाब पर्छ । जसले हृदयघात निम्त्याउन सक्छ । उच्च रक्तचाप भएको व्यक्तिमा हृदयघातको सम्भावना २ गुणा बढि हुन्छ ।
उच्च कोलेस्टेरोल
रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हृदयघातको खतरा पनि त्यति नै धेरै हुन्छ । युवा अवस्थामा देखिने हर्टअट्याकको प्रमुख कारणमा उच्च कोलेस्टेराल र ध्रुम्रपान मानिन्छ । उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ ।
धुम्रपान
धुम्रपानले हृदयघातको सम्भावना २ देखि ४ गुणा बढाउछ । जति धेरै पटक धुम्रपान ग¥यो त्यति नै हृदयघातको सम्भावना बढ्दै जान्छ ।
मधुमेह
लामो समयदेखि मधुमेह भएका व्यक्तिहरुमा हृदयघातको सम्भावना झन् बढी हुन्छ । मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोल नियन्त्रण नगरे हृदयघात हुने सम्भावना धेरै हुन्छ । मधुमेह भएका व्यक्तिमा हर्टअट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ ।
मोटोपना
मोटोपना भएका व्यक्तिहरुको शरीरमा धेरै बोसो हुन्छ । रगत बग्ने नशामा बोसो जम्मा भइ नशा साँघुरो हुन जान्छ । जसबाट नशामा रगत बग्न समस्या भइ मुटुमा असर पुग्न जान्छ । मोटोपना र पेट ठुलो भएका मानिसमा हृदयघातको सम्भावना अत्याधिक हुन्छ ।
वंशाणुगत
परिवारमा कुनै सदस्यलाई हृदयघात भएको छ भने अन्य सदस्यलाई पनि हुने सम्भावना हुन्छ ।
अत्याधिक मदिरा सेवन
नियमित अत्याधिक मदिरा सेवन गर्ने र एकैपटक धेरै मदिरा सेवन गर्ने मानिसलाई पनि हृदयघातको सम्भवना हुन्छ ।
मानसिक तनाव
मानसिक तनाव वा डिप्रेसन भएका मानिसलाई पनि हर्टअट्याकको सम्भावना हुन्छ।
हृदयघातबाट जोगिने यस्ता छन् तरिका
१. मोटोपना नियन्त्रण गर्ने।
२. नियमित व्यायाम गर्ने।
३. उच्च रक्तचाप नियन्त्रण गर्ने । जसको लागि नूनको प्रयोगलाई कम गर्ने।
४. स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको सट्टा मोनो अनस्याचुरेटेड फ्याटको प्रयोग गर्ने।
५. हप्तामा तीनपटक सम्म खानामा माछा खानाले हृदयघातको जोखिम कम हुन्छ।
६. तनाव नियन्त्रण गर्ने । जसको लागि ध्यान तथा योगा गर्न सकिन्छ।
७. भिटामिन युक्त खानेकुराहरुको सेवन गर्ने।
८. महिलाले दिनमा एक डिं«क रेड वाईन र पुरुषले दुई ड्रिंकसम्म उपभोग गर्दा एचडिएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ। तर जथाभावी रुपमा रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन्।
९. अत्याधिक हरियो सागसब्जीको सेवन गर्ने।
१०. कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउँने।
११. उच्च रक्तचाप तथा मधुमेहको विरामीले चिकित्सककोमा नियमित जाँच गर्ने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
