कपालमा हेयर ड्रायर प्रयोग गर्नुअघि ध्यान राख्नुहोस् यी कुरा

एजेन्सी । कपाललाई सुन्दर, मुलायम र आकर्षक बनाउनका लागि हामी सबैले विभिन्न उपाय अप्नाउने गर्दछौँ। तर कयौँ प्रकारका केमिकलले हाम्रो कपाल सुन्दर बन्नुको साटो झन बिग्रिने गर्दछ। हामीले कपाल सुकाउनका लागि हेयर ड्रायरको प्रयोग पनि गर्ने गर्दछौँ। यदी हामी नुहाउने वित्तिकै तुरुन्त बाहिर निस्किनु पर्ने छ भने हामी हेयर ड्रायरको प्रयोग गर्ने गर्दछौँ। तर यसको प्रयोगले कपालमा विभिन्न किसिमका समस्या देखिने गर्दछन्। आम हामी तपाईलाई हेयर ड्रायर प्रयोग गर्दा हुने नोक्सानका बारेमा जानकारी दिने गर्दछौँ।

१) धेरै हेयर ड्रायरको प्रयोग गर्दा कपाल रुखो हुने गर्दछ। कपालमा एक नेचुरल चमक हुने गर्दछ। यसलाई सुकाउनका लागि नेचुरल एयरको प्रयोग निकै राम्रो हुने गर्दछ। हेयर ड्रायरको प्रयोग गर्दा यो चमक हराएर जाने भएकाले कपाल रुखो हुने गर्दछ।

Advertisement

२) हेयर ड्रायरको बढी प्रयोग गर्दा कपालको जरामा नराम्रो असर पर्ने गर्दछ। यसले कपालको जरालाई कमजोर बनाउने गर्दछ।

३) हेयर ड्रायरको प्रयोगले कपाल दुई मुखे हुने समस्या बढ्ने गर्दछ। जुन व्यक्तिले हेयर ड्रायरको प्रयोग गर्ने गर्दछन् उनीहरुको कपाल चाडै दुई मुखे हुने समस्या देखिने गर्दछ।

के हो बचाउने तरिका ?
१) हेयर ड्रायरको प्रयोग गर्ने सय कुराको ध्यान राख्नु आवश्यक छ की, कममा पनि ६–९ इन्चको दूरीमा हेयर ड्रायर राख्नुहोस्। यसो गर्दा रुखो पना कम हुने समस्या देखिन्छ।

२) यदी तपाईले हेयर ड्रायरको प्रयोग गर्नु भएको छ भने त्यसपछि सिरम लगाउनु पर्दछ। यसो गर्दा कपाल रुखो हुने तथा दुई मुखे हुने समस्याबाट बच्न सकिन्छ।

३) यदी तपाईले हेयर ड्रायरको प्रयो गर्दै हुनुहुन्छ भने कपाल अनुसार गर्नुहोस्। यदी तपाईको कपाल कर्ली छ भने टेंपेरेचरको आवश्यक पर्ने गर्दछ। यदी तपाईको कपाल नरम, सिल्की र रुखो छ भने तापक्रममा अन्तर पर्ने पर्दछ।

४) यदी कपाल रुखो छ भने कम ड्रायरको प्रयोग गर्नुहोस्। सकिन्छ भने कोल्ड ड्रायरको प्रयोग गर्नु राम्रो मानिन्छ।

५) यदी तपाई कपालमा तेल लगाउनु हुन्छ भने हेयर ड्रायरको प्रयोगबाट नोक्सान कम हुने गर्दछ।

More News last news
Loading...