काठमाडौं । प्राय:को भान्सामा आलु पाक्छ। केही मानिसहरुले आलुको बोक्रा फाल्छन् भने केहीले फाल्दैनन्। आलुको बोक्रा फाल्दा प्राकृतिक स्वादमा समेत कमी आउने गर्छ। तर, आज हामी तपाईलाई प्राय:ले फाल्ने आलुको बोक्राको फाइदाबारे जानकारी दिनेछौं।
आलुको बोक्रामा हाम्रो शरीरलाई चाहिने भिटामिन तथा खनिज हुन्छन्। त्यसैले सकेसम्म आलुलाई बोक्रा नफाली पकाउँदा राम्रो हुन्छ।
आलुको बोक्राले शारीरिक सौन्दर्यलाई पनि सहयोग गर्छ। आलुमा एण्टिअक्सिडेण्ट, ब्याक्टेरिया तथा कीटनाशक गुण हुने भएकाले शरीरको छालालाई स्वस्थ र चम्किलो बनाउँछ।
आलुको बोक्राले कपाल झर्ने समस्या टाढा राख्न मदत गर्छ। तपाईले आलुको बोक्रालाई कपालमा लगाउनुभयो भने कपाल चाँडै बढ्छ र झर्दैन।
आलुको बोक्राले तपाईले चाँदी तथा आल्मुनियमका भाँडाहरुमा लागेको दाग हटाउन प्रयोग गर्न सक्नुहुन्छ। अझ यसले पुजा सामग्रीको भाँडालाई एक प्रकारको चमक दिन्छ। आलुको बोक्रामा हलुका खाले एसिड हुने भएकाले भाँडामा भएको दागलाई हटाउन सहयोग गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
