यस्तो छ खोकी निको पार्ने वैज्ञानिक विधि

काठमाडौं । के तपाई लगातार खोकी लागेर हैरान हुनुहुन्छ ? अब झन्झट मान्नुपर्ने छैन। बेलायतको नयाँ स्वास्थ्य निर्देशिकाका अनुसार खोकीका बिरामीलाई सुरुमा महबाट बनाइने घरेलु औषधि वा अन्य सामान्य औषधि प्रयोग गर्न सुझाएको छ।

चिकित्सकहरुका अनुसार एन्टिबायोटिक्सले खोकी निको पार्न थोरै मात्र सहयोग गर्ने भएकाले हत्तपत्त एन्टिबायोटिक्स प्रयोग गर्नु हुँदैन। प्राय:जसो बिरामीहरुमा दुई वा तीन हप्ताभित्रै खोकी आफैं निको हुन्छ।

Advertisement

चिकित्सकका अनुसार जथाभावी रुपमा एन्टिबायोटिक्स प्रयोग गर्दा त्यसले बिरामीलाई नछुने समस्या हुनसक्छ।

खोकी निको गर्ने केही घरेलु उपचार विधिहरु यसप्रकार छन् :

खोकी निको पार्न कागती, अदुवा र मह हालेको तातो पानी खाने गर्नुपर्छ।

बिबिसीले जनाएअनुसार अनुसार ब्रिटेनको न्याशनल इन्स्टिच्युट फर हेल्थ एण्ड कियर एक्सिलेन्स (एनआसीइ) र पब्लिक हेल्थ इंग्ल्याण्ड (पिएचइ) ले यसका लागि नयाँ निर्देशिका प्रस्ताव गर्दै यो विधिले खोकीको लक्षण सुधार्न मद्दत गर्ने केही सीमित प्रमाणहरू रहेको बताएका छन्।

एन्टिबायोटिक्सले पनि धेरैजसो खोकीहरू भाइरसहरु निको गर्न सक्दैन।

पिएचइकी सहायक निर्देशक डाक्टर सुजन हप्किन्सकी अनुसार एन्टिबायोटिक्सले प्रतिरोधी क्षमतामा पुर्‍याउने असर ठूलो समस्या भएकोले यसको प्रयोग घटाउन कदमहरू चाल्न आवश्यक छ।

निर्देशिकाले यदि अन्य गम्भीर रोगहरूका कारण खोकी लागेको भए चाहिँ एन्टिबायोटिक्स आवश्यक पर्न सक्ने सुझाव दिएको छ।

खोकी लाग्दैमा एक वर्षभन्दा कम उमेरका बालबालिकालाई भने मह दिनु राम्रो मानिँदैन।

More News last news
Loading...