दूध प्रचुर मात्रामा क्याल्सियम पाइने पेय पदार्थ हो । क्याल्सियमसहित यसमा प्रोटिन, म्याग्नेसियम, पोटासियम, फस्फोरस, भिटामिन–बी २, भिटामिन–बी १२ र भिटामिन–डी प्रचुर मात्रामा पाइन्छ। दूध पिउनु लाभदायक हो तर कतिखेर पिउनु उपयुक्त हुन्छ भन्नबारे चाहिँ धेरैमा अन्योल छ। आयुर्वेदले दूध पिउने सबैभन्दा उपयुक्त समय राति भएको बताएको छ।
बिहान किन नपिउने ?
पचाउन कठिन हुने पेयमा पर्छ, दूध । बिहान सादा दूध अथवा दूध हालेर धान, गहुँ अथवा जौको चिउरा खानाले पचाउन गाह्रो हुन्छ। पाचनमा समस्या हुँदा पेट दुख्ने अथवा छाती पोल्ने समस्या देखिन्छ। बिहानको समयमा उमालेको फलफूल अथवा तरकारी खानु उत्तम हुन्छ। बिहान फ्याट कम भएको दूधमा जौको चिउरा मिसाइ पकाएको परिकार खानु उत्तम हुन्छ ।
राति किन पिउने ?
राति सुत्दा शरीर क्रमशः रिल्याक्स्ड हुँदै जान्छ । राति दूध पिउनाले शरीर राम्रोसँग रिल्याक्स्ड हुन्छ र मीठो निद्रा पर्छ । दूधमा ट्राइप्टोफान नामक एमिनो एसिड पाइन्छ, जसले गहिरो निद्रा लगाउन मद्दत गर्छ । ट्राइप्टोफान शरीरभित्र गएर सेरोटोनिन र मेलाटोनिन नामक न्युरोट्रान्समिटर सिर्जना गर्छ । यसले निद्राको अवधिलाई कम हुन दिँदैन।
त्यही भएर खाना खाएपछि र सुत्नुभन्दा आधा घण्टाअघि मनतातो दूध पिउनु उपयुक्त हुन्छ भनी आयुर्वेदले भनेको छ। दूधमा पाइने म्याग्नेसियमका कारण पनि बिहान नभई राति दूध पिउने गर्नुपर्छ । दूध पिएर सुत्नाले यसमा पाइने म्याग्नेसियमले शरीरको स्नायु र मांसपेशीलाई सुचारु राख्छ । यसले पनि मीठो निद्रा लगाउन मद्दत गर्छ। दूधमा पाइने क्याल्सियमले शरीरमा सेटोटोनिनको मात्रा बढाउने भएकाले अनिद्राको समस्या भएकाहरूले सुत्नुअघि दूध पिउनु उत्तम हुन्छ।
दूध पिउनुअघि यसमा थोरै बेसार मिसायो भने दूधबाट पाइने लाभमा व्यापक वृद्धि हुन्छ। किनकि, बेसारमा जलननिरोधी, दुखाइनिरोधी र ब्याक्टेरियानाशक तŒव पाइन्छ। दूध पिएर सुत्नाले तनाव पनि कम हुन्छ। कसले नपिउने ? कतिपय मानिसले भने बिहान अथवा राति दुवै समय दूध नपिउँदा ठीक हुन्छ। खास गरी दुग्ध परिकार पचाउन नसक्नेले दूधदेखि परै बसेको राम्रो । दुग्ध परिकार खाएपछि पेट डम्म फुल्ने, पखाला लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्नेलगायत समस्या हुने गर्छ भने त्यस्ता मानिसले दूध पिउनु हुँदैन । यस्ता मानिसले राति दूध खाएर सुत्यो भने उल्टो निद्रा नलाग्ने समस्या हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
