युरिक एसिड बढेमा हड्डी, जोर्नी आदि एकदमै दुख्छन्। घरेलु उपाय अपनाएर युरिक एसिड कम गर्न सकिन्छः कागती कागतीमा छार पाइन्छ। छारले युरिकलाई कमजोर पार्छ र शरीरलाई राहत दिन्छ। कागतीमा पाइने भिटामिन सीले शरीरमा युरिक एसिडको मात्रासमेत घटाउँछ। मनतातो पानीमा कागती निचोरर बिहान खाने गर्नाले केही दिनमा युरिक एसिड कम भएको महसुस हुन्छ।
गहुँको जमरा गहुँको जमरामा भिटामिन सी, क्लोरोफिल र पाइटोकेमिकल नामक तŒव पाइन्छन्। जसले शरीरलाई विकाररहित बनाउँछ । दुई चम्चा गहुँको जमराको जुस कागतीको रसमा मिसाइ खानाले युरिक एसिडबाट राहत मिल्छ। बेकिङ सोडा बेकिङ सोडा खानाले शरीरभित्र जम्मा भएको युरिक एसिड पानीमा घुलेर किड्नी हुँदै शरीरबाहिर निस्किन्छ।
आधा चम्चा बेकिङ सोडा एक ग्लास पानीमा मिसाएर दिनमा चार पटक दुई सातासम्म लगातार पिउँदा युरिक एसिड कम हुन्छ। एप्पल सिडर भिनेगर बजारमा एप्पल सिडर भिनेगरले शरीरमा जम्मा भएका विकार हटाउने, युरिक एसिडको दुखाइ कम गर्छ। यसमा मेलिक एसिड पनि पाइन्छ। जसले युरिक एसिड कम गर्छ।
एप्पल सिडर भिनेगर खानाले शरीरमा छारको मात्रा बढ्छ, जसले एसिडलाई कम गर्छ। एक चम्चा एप्पल सिडर भिनेगर एक ग्लास पानीमा मिसाएर दिनमा दुई÷तीन पटक खानाले युरिक एसिड कम हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
