दाग, धब्बा हटाएर अनुहारलाई गोरो र चम्किलो बनाउन प्रयोग गर्नुहोस् दही

अनुहारको हरेक समस्याका लागि दही बहुतै उपयोगी हुन्छ। यसले अनुहारको दाग, धब्बा हटाउनुका साथै छालाको चमक फर्काउन सहयोग गर्छ। दहीमा अरु कुनै तŒव मिसाउनु भयो भने त यो झनै उपयोगी हुन्छ। दहीमा कागतीको रस, टमाटरको रसजस्ता प्राकृतिक चिज मिसाउन सकिन्छ। यसले अनुहारलाई चमक दिने गर्छ ।

– कतिपयको मुहारमा डण्डिफोरको समस्या देखिने गर्छ। यसलाई ठीक गर्नका लागि दहीको प्रयोग गर्न सकिन्छ। पहिले अनुहारलाई राम्ररी पानीले सफा गर्ने, त्यसपछि अनुहारलाई राम्रोसँग पुछ्नुपर्छ। त्यसपछि अनुहारमा दही लगाउनुपर्छ, यसलाई करिब १५ मिनेटसम्म अनुहारमा सुक्न दिएर अनुहार सफा गर्नुपर्छ । यसले अनुहारलाई मश्चराइज गर्छ।

Advertisement

– छाला निकै सुख्खा छ भने पानीको कमीले त्यस्तो हुन सक्छ। यसलाई कम गर्नका लागि प्रशस्त पानी पिउनु पर्छ। यसका साथै अनुहारमा दही र महको लेप लगाउन सकिन्छ। यसले अनुहारलाई नरम बनाउने गर्छ।

– दहीको फेस प्याकले अनुहारमा चमक ल्याउँछ । दहीले ‘डेड स्किन’ सफा गर्नुका साथै अनुहारमा निखार पनि आउँछ। दहीलाई हातमा लिएर १५ मिनेटसम्म अनुहारमा मसाज गरेर मनतातो पानीले अनुहारलाई सफा गर्नुपर्छ।

-निद्राको कमीका कारण आँखाको तल कालो घेरा डार्क सर्कल हुने गर्छ। डार्क सर्कल हटाउनका लागि आँखाको तल्लो भागमा दहीलाई लगाएर केही बेर सुख्न दिएर सफा पानीले सफा गर्नुपर्छ। दहीले अनुहारलाई चम्किलो बनाउनुका साथसाथै नरम पनि बनाउने गर्छ। यसले अनुहारमा हुने अन्य समस्यालाई पनि कम गर्ने गर्छ।

More News last news
Loading...