जन्डिसको समस्याबाट हैरान हुनुहुन्छ ? मेवा खानुहोस्

काठमाडौं । मेवा नेपालको हावापानी अनुसार सजिलोसंग पाइने फल हो। बारीका कान्लामा, घर पछाडी पनि मेवाको रुख सजिलै विकास हुन सक्छ र फल दिन सक्छ। यो सजिलो गरि पाइने मीठो फल स्वास्थ्यका दृष्टिकोणले पनि उत्तिकै लाभदायक छ।

काँचो मेवालाई मिक्सरमा पिसेर, त्यसलाई पानीमा मिलाउने र त्यो घोलमा चिनी, कागतीको रस, मरिच राखेर घोल्ने। यस्तो घोल बनाएर दैनिक दुई देखि तिन पटक सम्म पिउनाले जन्डिसबाट राहत मिल्छ।

Advertisement

मेवाभित्र हुने कालो दानालाई पानी राखेर पिन्ने। त्यसपछि त्यसलाई पानीमा राखेर पिउने । सात दिनसम्म लगातार रुपमा यो विधि अपनाउनाले पेटको समस्याबाट मुक्त हुन सकिन्छ।

महिनावारी अनियमित हुने समस्या भएका महिलाहरुले हरेक दिन २ सय ५० ग्राम मेवा खानाले महिनावारि नियमित हुन थाल्छ।

मेवाको रसमा टमाटरको रस मिलाएर हरेक दिन पिउनाले कब्जियतबाट छुटकारा पाउन सकिन्छ।

नियमित रुपमा मेवाको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्छ।

More News last news
Loading...