अत्यधिक अमिलोले निम्त्याउछ अनुहारमा कालो पोतो, यसरी हटाउनुस्

सुन्दरता भन्ने चिज यस्तो हो जसबाट जो कोही पनि आकर्षित हुन्छ । सुन्दरतामा हामी आननद महसुश गर्दछौँ । सुन्दर र राम्रा कुरा मन नपर्ने पनि कोही हुदैनन् । तर हाम्रो सुन्दरतालाई कालो पोतोले रहन दिएको छैन। यसले हामीलाई मानसिक समस्यामा समेत पारेको छ, चिन्तित तुल्याएको छ।

गाला, आँखाको छेउछाउ देखिन थालेको कालो पोतो (चाया) ले हाम्रो आत्मविश्वाससमेत डगमगाइदिएको छ।पित्त बढेर रगत दूषित , पेटको समस्या, हार्मोनको असन्तुलन, कस्मेटिकको अत्यधिक उपयोग, खानपिनमा असन्तुलन, अमिलो पदार्थको अत्यधिक उपयोगले समेत यस्तो हुन सक्ने विशेषज्ञहरू बताउछन् ।

Advertisement

अनिद्राको सिकार भएकाहरूमा समेत यो समस्या देखिन सक्छ। यति मात्र नभएर, कसैकसैलाई सूर्यको प्रकाशको एलर्जीका कारण पनि कालो पोतो हुने गरेको छ। यसले शारीरिक रूपमा मात्र असर नपारेर मानसिक रूपमा पनि चिन्तित तुल्याउने गर्छ।

कालो पोतोबाट मुक्त यसरी पाउनुस् :

सामान्य घरेलु शुद्घ तोरी, नरिवल, तिल लगायतका तेलले अनुहारमा हल्का मालिस गर्ने जसले कालो पोतो आउने सम्भावना कम हुन्छ। र यसबाट भएकाहरूलाई समेत हटाउने काम गर्छ ।

चन्दन एवं हरिद्रा एक चौथाई भाग मिलाई पाउडर बनाउने र पाउडरलाई गुलाब जलमा मिसाएर पेस्ट बनाई अनुहारमा लगाउने र कम्तीमा एक घन्टासम्म राखेपछि सफा पानीले धुने जसबाट पातोको समस्या कम हुन्छ ।

चन्दन र बेसार एक चौथाई भाग एवं , खविर, लोध्र, मिसाएर मसिनो पाउडर वनाउने र यसलाई गुलाब जलमा मिसाएर बिहानबेलुका न्यूनतम दुई सातादेखि एक महिनासम्म लगाउने जसले समस्याबटा मुक्त हुन सहयोग पुग्छ ।

More News last news
Loading...