खाना खानेबित्तिकै भुलेर पनि नगर्नुहोस् यी ७ काम

आयुर्वेद विज्ञानका अनुसार नियमित दिनचर्या र खान-पानले हाम्रो स्वास्थ्य अवस्थालाई असर गर्छ। आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले दैनिक जीवनमा खानाका विषयमा ध्यान दिनु जरूरी हुन्छ। यस्तै, खाना खाएपछि हामीले गर्ने कामका विषयमा पनि सचेत हुनु पर्छ। कुनै काम गर्दा हाम्रो पाचन प्रक्रिया चाँडो हुन्छ भने कुनै काम गर्दा पाचन प्रक्रिया ढिलो हुने गर्छ। पाचन प्रक्रियामा ढिलाइ हुँदा हाम्रो स्वास्थ्यलाई बेफाईदा गर्ने गर्छ।

खाना खाने बित्तिकै गरिने कामले पनि हाम्रो स्वास्थ्यलाई बेफाइदा गर्ने हुनाले त्यस्ता कामहरू खाना खाएपछि नगर्नु नै राम्रो हुन्छ।

Advertisement

ती के-के काम हुन् जुन खाना खाने बित्तिकै गर्नु हुँदैन थाहा पाऔ…

१, सुत्नेः
धेरै मानिसलाई खाना खाएपछि अल्छि लाग्छ र सकेसम्म सुत्ने चाहना राख्छन्। तर, खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन। खाने बित्तिकै सुत्ने गर्दा तपाईले खाएको खाना पाचन हुन सक्दैन र यसले शरीरमा बिकार पैदा गर्छ। साथै मोटोपन पनि बढ्ने गर्छ।

२, नहुाउनेः
सही समयमा खानु र नुहाउनुले शरिरलाई निकै फाइदा गर्छ तर, खाना खानेबित्तिकै नुहाउनु भने फाइदाजनक हुँदैन। खाना खानेबित्तिकै नुहाउँदा पेटमा रक्तसञ्चार तिव्र हुन्छ, र पाचन प्रक्रिया ढिलो हन्छ, जसले शरिरलाई बेफाइदा गर्छ।

३, पेटी खुकुलो बनाउनेः
केही मानिसहरू धेरै खाना खान्छन् र पेटी खुकुलो बनाउने गर्छन् । यसरी पेटी खुकुलो बनाउँदा पनि पाचन प्रक्रिया ढिलो हुने गर्छ ।

४, फलफूल खानेः
खाना खानेबित्तिकै फलफुल खानु राम्रो मानिदैन । खाना खानेबित्तिकै फलफुल खाँदा ग्याष्टिकको समस्या देखिने गर्छ।

५, हिड्नेः
धेरै मानिसलाई लाग्न सक्छ खाना खाने बित्तिकै कम्तिमा एक सय कदम हिड्नु पर्छ। यसले खाएको खाना पचाउन मद्धत गर्छ तर, यो कार्य गलत हो । खाना खानेबित्तिकै हिड्ने गर्दा खानाको सम्पूर्ण पोषण शरिरले पाउँदैन भने पाचन प्रक्रिया पनि कमजोर हुन्छ।

६, चिया पिउनेः
केही मानिसलाई खाना खाएपछि चिया पिउने बानी हुन्छ । तर, यो बानी हटाएको राम्रो हुन्छ। खाना खानेबित्तिकै चिया पिउनु फाइदाजनक मानिदैन । खाना खानेबित्तिकै चिया पिउँदा पाचन प्रणालीमा असर गर्छ । यसले एसिडिटीको समस्या पनि ल्याउँछ।

७, धुम्रपान गर्नेः
खाना खाने बित्तिकै मानिसहरूको धुम्रपान गर्ने गर्छन्। तर, खाना खाएपछी धुम्रपान गर्दा स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। यसले क्यान्सरको सम्भावना समेत बढाउने गर्छ।

More News last news
Loading...