७ महिना अघि यूएई आएका एक नेपालीको मृत्‍यु

यूएई । कामका लागि ७ महिना पहिले यूएई आएका एक नेपालीको मृत्‍यु भएको छ ।

ईन्द्रसरोवर-४, मकवानपुरका रामहरि रुम्बाको गएको मंगलबार ज्यान गएको हो । मंगलबार दिउँसो कम्पनीको काम गरी फर्केर साँझ खाना खाई सुतेका रुम्बाकाे ओछ्यानमै मृत्यु भएकाे हाे ।

Advertisement

बुधबार बिहान ड्यूटी जान नउठेपछि उठाउन खोज्दा ज्यान गैसकेको भेटेको एउटै कोठामा बस्दै आउनु भएका मृतकका काका समिप रुम्बाले जानकारी दिनुभयो ।

सामान्य कामदारको रुपमा काम गर्न नीड इम्प्लोयमेन्ट सर्भिसेसमार्फत फुजेराह डिब्बामा रहेको खानबोली इलेक्ट्रोमेकानिकल कम्पनीमा आउनु भएका सुम्ब्बाको ज्यान जानुको कारण खुलेको छैन ।

अहिले मृतकको शव खुरफकान अस्पतालमा राखिएको र कम्पन सँग समन्वय गरिरहेको त्यही क्षेत्रमा कार्यरत नवलपुर सेवा समाजका सल्लाहकार शेर सुनारले उज्यालोलाई जानकारी दिनुभयो ।

मृत्‍यु भएका ३० वर्षीय रुम्बाको परिवारमा श्रीमतीसहित ९ वर्षीय छोरा र ४ वर्षीया छोरी हुनुहुन्छ । श्रीमानको ज्यान गएको खबरले मकवानपुरमै रहेकी श्रीमती रजिना रुम्बा अचेत अवस्थामा रहेको परिवारले जनाएको छ ।

More News last news
Loading...