जिल्ला भलिबल संघ स्याङ्जाको छैटौँ साधारण सभा तथा जिल्ला अधिवेशनबाट राजेन्द्र शर्मा अध्यक्षमा सर्वसम्मत चयनभएका छन्। यसअघि संघको उपाध्यक्षको जिम्मेवारी सम्हालेका शर्माले बुधबार नयाँ नेतृत्वको जिम्मेवारी पाएसँगै स्याङ्जाको भलिबल खेललाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अध्यक्षमा चयन भएपछि शर्माले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण प्रतिनिधि, खेलाडी, खेलप्रेमी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै अग्रजको मार्गदर्शन र सहकर्मीको साथमा खेलाडीको वृत्तिविकास, प्रतियोगिताको प्रवर्द्धनतथा खेल पूर्वाधार निर्माणमा प्राथमिकताका साथ काम गर्ने बताएका छन्। उनले अधिवेशन सफल बनाउन सहयोग गर्ने केन्द्रीय तथा प्रदेश प्रतिनिधि, कार्यसमिति, खेलाडी, सहयोगी र शुभेच्छुकप्रति धन्यवादसमेत ज्ञापन गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
