खानेकुरा पकाएर लामो समयसम्म राखेर खादा विषै बराबर

अहिले शहरिय क्षेत्रका कामकाजी दम्पतीले एक पटकमा दुई, तीन छाकका लागि खाना तयार गर्ने चलन पनि छ। आज बनाएको खाना बाँकी राखेर बेलुका वा अर्को बिहानसम्म खाने गरिन्छ। खाना पकाइरहने समयको बचत गर्न र झन्झटबाट मुक्त हुने काइदा हो यो।

धेरैजसो खानेकुरा जब पकाएर लामो समय राखिन्छ, त्यो खान योग्य हुँदैन। अर्थात पकाएर राखेको खाना केही समय राखेर सेवन गर्दा त्यसले भोक त मेट्छ, शरीरको आवश्यक्ता पुरा गर्दैन।

Advertisement

दाल, भात, तरकारी, अचार आदि जो पकाइन्छ, यस्ता खानेकुरा निश्चित अवधीभित्र सेवन गरिसक्नुपर्छ। यदी त्यसो गरिएन भने हामी खानाको रुपमा विष सेवन गर्न पुग्छौं । किनभने लामो समय राखिएको खाना विषाक्त बन्ने प्रक्रियामा हुन्छ।

तपाईं/हामीलाई थाहै छ, खाना खानु भनेको पेट भर्नु वा भोक मेट्नु मात्र होइन। जिब्रोको तलतले मेट्नु मात्र पनि होइन। हामीले खाने खाना खासमा शरीरको लागि हो । शरीरलाई स्वस्थ्य, तन्दुरुस्त, उर्जावान र जीवित राख्नका लागि खाना अपरिहार्य मानिन्छ।हामीले खाने खाना यस्तो स्रोत हो, जसबाट शरीरलाई आवश्यक विभिन्न पोषक तत्व प्राप्त हुन्छ । प्रोटिन, क्याल्सिमय, भिटामिन, फाइबर, फलाम आदि तत्वहरु खानेकुराको माध्यामबाट प्राप्त हुन्छ । यी पोषक तत्व हाम्रो शरीरका लागि अनिवार्य हुन्।

त्यसैले खानेकुरा सेवन गर्नु भनेको त्यसमा रहेको विभिन्न पोषक तत्व ग्रहण गर्नु हो। जब कुनैपनि खानेकुरा पकाएर लामो समय राखिन्छ, त्यसमा रहेको पोषक तत्व क्रमस नष्ट हुँदै जान्छ । त्यती मात्र होइन, रासायनिक प्रतिक्रियाद्वारा त्यो विषाक्त बन्दै जान्छ । त्यसैले निश्चित अवधीभन्दा लामो समय राखेर खाइएको खानाले शरीरलाई रोगी, जीर्ण बनाउँछ।

पकाएको खानेकुरा जति जति समय गुजि्रदै जान्छ, उत्तिनै खराब हुँदै जान्छ । निश्चित अवधीपछि उक्त खानेकुरा सड्ने, गल्ने प्रक्रियामा जान्छ । त्यसपछि खानेकुरामा हानिकारक जीवाणुहरु बढ्न थाल्छ । यस्ता खानेकुरा शरीरमा नपच्ने मात्र होइन, हानिकारक समेत हुन्छ । खाना खराब हुँदै जाँदा त्यसमा रहेको ब्याक्टेरिया सात घण्टापछि एक लाख गुना बढ्न पुग्छ । यसले खानामा टक्सिन अर्थात विषाक्त तत्व बढाइदिन्छ।

चाडपर्वमा हामी खानेकुरा बनाएर लामो समय राख्छौं। कतिपय खानेकुरा पटक पटक तताएर खान्छौं । धेरैजसो खानेकुरा पुनः पकाउँदा पनि त्यो विषालु हुनपुग्छ। यस्ता खानेकुराले हाम्रो स्वास्थ्य खराब गर्छ । भित्री अंगहरु खासगरी कलेजो, मिर्गौला अदिको कार्य संचालनमा बाधा पुर्‍याउँछ।

शरीरमा विभिन्न रोगको आक्रमण त्यही बेला हुन्छ, जतिबेला हाम्रो शरीरको कार्य क्षमता घट्छ । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । शरीरभित्र विषाक्त तत्व बढ्न थाल्छ । र, यस्तो अवस्थामा आउनुमा खराब खानपान मूख्य हुन्छ। जस्तो, हरियो सागपातमा फाइबरको मात्रा बढी हुन्छ। तर, त्यही सागलाई लामो समय पकाइयो भने त्यसको पोषक तत्व नष्ट हुन्छ । दुधमा पनि क्याल्सियम, भिटामिन डि जस्ता थुप्रै किसिमका पोषक तत्व पाइन्छ । तर, दुधलाई निश्चित समयभन्दा बढी पकाइयो भने त्यसमा रहेको पोषक तत्व रहँदैन।

कुनैपनि खानेकुरा कसरी पकाइन्छ वा त्यसमा के मिश्रण गरिन्छ भन्ने कुराले पनि पोषक तत्व कति प्राप्त हुन्छ भन्ने कुरा निक्र्यौल गर्छ। खानेकुरालाई सही ढंगले भण्डारण गर्ने, पकाउने र खाने गर्नुपर्छ। यसरी खानेकुरा सेवन गर्दा त्यसमा रहेको पोषक तत्व शरीरले ग्रहण गर्छ । अन्याथा, खानेकुरा रोगको स्रोत बन्छ।

More News last news
Loading...