एजेन्सी । कोठ्ठिलाई छालाको अवस्थाबारे स्पष्ट रुपमा देखाउने सुचक मानिन्छ । प्राय मानिसहरुले छालामा कोठ्ठी आएको मनपराउँदैनन् । किनकी यस्ले गर्र्दा तपाइँको आकर्षण घट्दछ । कालो कोठी/दाग, एक समस्या:
चिल्लो छाला भएको मानिसहरुलाई धेरैजसो कोठ्ठीको समस्या हुने गर्दछ । र उनीहरु यस्ता समस्याबाट सधैंको लागि मुक्ति पाउन चाहन्छन् । त्यसको लागि हरेक किसीमको प्रयासहरु गर्दछन् । मानिसहरु यस समस्याबाट छुट्कारा पाउन निरन्तर रुपमा महङ्गो सामानहरुलाई छालामा दलेर हटाउने कोशिश गर्दछन् । उनीहरु यसबाट कोठ्ठी हटाउन सफल भएपनि यो केही समयको लागि मात्र फलदायक हुन्छ । केही समयपछि उनीहरु पुनः यसै समस्याबाट ग्रसित हुन्छन् । मानिसहरुले केही फाईदाजनक उपायहरु अपनाई यस्ता समस्याबाट छुट्कारा पाउने कोशिश गर्दछन् । र थोरै मानिसहरुले मात्र यसबाट सफलता प्राप्त गर्दछन् ।
बारम्बार कालो कोठी/दाग आउनुको कारण:
बारम्बार कोठ्ठी आउनुको मूख्य कारण छालामा तेलको उत्पादन बढि मात्रामा हुनु हो । हाम्रो बाहिरको छालाले ‘सीबम’ भन्ने पदार्थ निकाल्दछ । जस्ले छालालाई रक्षा गर्ने मूख्य भुमिका खेल्दछ । यसले छालालाई सुख्खा हुन दिदैंन । तर यहि सीबमको मात्रा आवश्यकता भन्दा बढि भएमा यसले केही छालाको खुल्ला भागलाई छेक्दछ । जसले गर्दा त्यहाँ छिद्रहरु देखापर्छन् ।
साधारणतया युवावस्थामा कोठ्ठिहरु आउने गर्दछन् । यौवन अवस्थामा हर्मोनहरुको परिवर्तन हुने गर्दछ । जस्ले गर्दा हामीलाइ अनौठो अनुभव हुन्छ । त्यसैगरि जन्मनुअघि र रजस्वलाको समयमा पनि कोठ्ठीको समस्या हुन सक्छ । के तपाइँसँग पनि कोठ्ठीको समस्या छ ? यदि छ भने चिन्ता नलिनुहोस् । हामी तपाइँलाई आज यसबाट छुट्कारा पाउने उपायबारे जानकारी दिन्छौ । केही उपायहरु निम्नअनुसार छन्:
उपायहरु:
१) सबैभन्दा पहिला आफ्नो हातहरुले कोठ्ठीलाई बेस्सरी दल्न बन्द गर्नुहोस् । किनकी यसले छालाको कोशिकाहरुलाई हानी पुर्याउँछ । र छाला अझ नराम्रो देखिने हुन्छ ।
२) घरेलु उपाय अपनाई कोठ्ठीलाई हटाउने कोशिश गर्नुहोस् । जस्तै; मह , अण्डाको सेतो भाग , पुदिनाको जुस , र थोरै बेसार लाई मिसाएर पेस्ट बनाउनुहोस् । त्यसपछि अनुहारमा दल्नुहोस् ।
३) अर्को उपायको रुपमा कागतीको रस र नुनलाई राम्ररी मिसाउनुहोस् । त्यसपछि त्यसलाई अनुहारमा दल्नुहोस् ।
४) हरियो चियालाई पुनर्जीवित तत्व मानिन्छ । हरियो चियालाई तपाइँले कोठ्ठीलाई हटाउन पनि प्रयोग गर्न सक्नुहुन्छ । माथि उल्लेखित उपायहरु अपनाई तपाईले आफ्नो छालालाई चम्किलो बनाई कोठ्ठीबाट छुट्कारा पाउन सक्नुहुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
