नेचुरल रुपमै लामो र बाक्लो आँखीभौं बनाउन अप्नाउनुहोस् यी विधि

एजेन्सी । सामान्यतया आँखीभौं आँखाको सुरक्षाको लागि हो। तर, यो व्यक्तिको सुन्दरतासंग पनि जोडिएको छ। अनुहारको सुन्दरताको लागि आँखीभौं महत्वपूर्ण हुन्छ। त्यसैले सुन्दर आँखीभौंको लागि महिला पुरुष दुवै थ्रेडिङ्ग गर्ने गर्छन्।

अहिलेको फेशन ट्रेन्डमा लामो बाक्लो आँखीभौंलाई राम्रो मानिएको छ। त्यसैले लामो बाक्लो आँखीभौंको लागि महिलाहरु पेन्सिलले कोरेर आँखीभौंको आकार बढाउने, विभिन्न केमिकल युक्त सौन्दर्य सामग्री प्रयोग गर्ने गर्छन्।

Advertisement

आँखीभौंलाई सामान्य घरेलु तरिकाबाट नै लामो र बाक्लो बनाउन सकिन्छ । यो विधिले प्राकृतिक रुपमा नै आँखीभौं सुन्दर र आकर्षक बन्छन्। यो निकै सजिलो, सस्तो र जोखिम रहित विधि हो। यस विधिमा हामीले सधै भान्सामा प्रयोग गरिने प्याजको प्रयोग गरिन्छ।

सुरुमा एउटा प्याज लिन सकिन्छ। उक्त प्याजको बोक्रा फालेर जसरि तरकारीको लागि काटिन्छ, त्यसरी नै सानो सानो टुक्रामा काट्नुपर्छ । सानो सानो टुक्रा बनाइएको उक्त प्याजलाई मिक्सरमा राखेर पेस्ट बनाउनुपर्छ।

अब उक्त प्याजको पेस्टलाई निचोरेर एउटा भाँडोमा त्यसको रस छानेर राख्नुपर्छ। उक्त रसमा एक चम्चा नरिवलको तेल पनि मिलाउनुपर्छ । राम्रोसंग मिलाइसकेपछि कपास या कुनै सफा सुतिको कपडाको सहायताले आफ्नो आँखीभौंमा लगाउनुपर्छ।

हरेक राती सुत्नुभन्दा अगाडी यो प्याज र नरिवलको तेलको मिक्स लगाउनुपर्छ। बिहान उठिसकेपछि सफा पानीले धुनुपर्छ। प्याजमा हुने तत्वले आखिभौं उमार्ने, बढाउने काम गर्छ। नरिवलको तेलले आँखीभौंलाई चिल्लो र कालो बनाइदिन्छ।

More News last news
Loading...