सबैले सुन्दर छाला सहितको अनुहार चाहन्छन्। छालाबाहिर देखिने भएकाले पनि यसको स्याहार गर्नु महत्वपूर्ण हुन्छ। स्वस्थ र सुन्दर छाला तथा अनुहार जोगाईराख्न रातमा सुत्नुअघि यी कामहरु गर्नृुपर्ने हुन्छ। हामीले दिनमा लगाएको मेकअप रातमा सुत्नुअघि हटाउनपर्ने हुन्छ यदी नहटाएमा छाला रुखो फुस्रो भई चमकहिन देखिन सक्छ।
मेकअप नहटाउँदा एकातर्फ छालामा दीर्घकालीन असर पर्न सक्छ भने अर्कोतर्फ इन्फेक्सन हुने सम्भावना पनि उत्तिकै हुन्छ। त्यसैले सुत्नुअघि छालाको कुनाकुनामा लागेको मेकअपसमेत राम्रोसँग हटाउन जरुरी हुन्छ। छालाको सुरक्षाका लागि मेकअप हटाएर मात्र पुग्दैन। मेकअप हटाएपछि राम्रोसँग सफा गर्न पनि जरुरी हुन्छ।
जसका लागि राम्रो खालको फेस क्लिन्जर प्रयोग गर्न सक्नुहुन्छ। यतिसम्म कि रौँका जराजरामा बसेका फोहोर पनि राम्रोसँग सफा गर्न जरुरी हुन्छ। एउटा राम्रो नाइट क्रिम वा शुद्ध नरीवलको तेल लगाउन सकीन्छ। रातको समय नाइट क्रिमको प्रयोग गर्दा यसले छालालाई हाइड्रेट राख्ने काम गर्छ। यस्तो क्रिमले स्किन सेललाई पनि रिपेयर गर्न सहयोग पुर्याउँछ। आँखाभन्दा मुनिको छाला शरीरको सबैभन्दा पातलो अंग हो, जसलाई अन्डर आई पनि भनिन्छ।
यसको विशेष सुरक्षा गर्न आवश्यक हुन्छ। यसका लागि अन्डर आई क्रिमको पनि प्रयोग गर्न सक्नुहुन्छ। जसले आँखामुनि कालो घेरा बस्ने र सुन्निने समस्याबाट टाढा राख्छ। छालाको चमकलाई टिकाइराख्न पूर्ण निद्राको जरुरी हुन्छ। यसका लागि सातदेखि आठ घन्टासम्म सुन्नुपर्छ। यसरी सुत्दा अर्को दिनका लागि छाला पुनर्जीवित हुने गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
