काठमाडौं । अहिले जाडो मौसम चलिरहेको छ । जाडोमा तापक्रम घट्छ र मानिसको स्वास्थ्य र निद्रा प्रभावित हुन्छ । धेर चिसो हुँदा मानिसको निद्रा घरिघरि भंग हुन्छ। तपाईंलाई पनि चिसोका कारण सुत्न समस्या आएको छ भने आफ्नो डाइटमा एउटा कुरा समावेश गर्नुस् अनि मज्जाले निद्रा लाग्छ ।
राम्रो स्वास्थ्यका लागि राम्रो निद्रा आवश्यक हुन्छ । निद्राको कमीका कारण मोटोपन, मुटुरोग र मधुमेहको सम्भावना बढ्छ। स्वास्थ्यका लागि मानिसले आठ घन्टा पूरा सुत्नुपर्छ । जाडोमा बिहानको समयमा तापक्रम एकदमै कम हुनाले सबेरै मानिसको निद्रा खुल्छ ।
आफ्नो डाइटमा बदाम पार्नुभयो भने तपाईं जाडोमा पनि मज्जाले सुत्न सक्नुहुन्छ। यसको पुष्टि डायटेरी सोर्सेज यान्ड बायोएक्टिभ अफ मेलाटोनिन नामक अध्ययनमा गरिएको छ।
बदाममा भरपूर मात्रामा म्याग्नेसियम हुन्छ र यसले शरीरमा म्याग्नेसियमको कमीलाई १९ प्रतिशत पूरा गर्छ। म्याग्नेसियम सेवनले राम्रो निद्रा लाग्छ । इन्सोमनियाको रोग लागेका मानिसलाई बदाम लाभदायक हुन्छ।
स्टडीको प्रतिवेदनमा लेखिएअनुसार, निद्रामा दख्खल दिने स्ट्रेस हर्मोन कोर्टिसोलको स्तरलाई बदामको सेवनले घटाउँछ। यस बाहेक राम्रो निद्राका लागि सुत्नुअघि मनतातो पानीले नुहाउन पनि सक्नुहुन्छ। त्यसो गर्दा शरीरलाई न्यानो पुग्छ र राम्रो निद्रा लाग्छ। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
