काठमाडौँ । गाउँघरदेखि शहरबजार सम्म निकै लोकप्रिय बनेको पहिलो खाद्यान्न मकै मन नपर्ने प्राय कमै होलान् । भरपूर पौष्टिक तत्व भएको मकै स्वास्थ्यको लागि निकै फाइदाजनक रहेको छ । मकै धेरै मन पराउने भएपनि यसको फाइदाबारे कमैलाई थाहा होला । विशेष गरेर खनिज, भिटामिन फाइबर पाइने मकैले कपाल र छालाको रोगलाई अत्याधिक फाइदा पुयाउँछ । यी बाहेक मकैका विषेश फाइदाहरु यसप्रकार रहेको छ ।
रक्त अल्पताबाट जोगाउँछः मकैमा भिटामिन बि १२ र फोलिक एसिड पाइने भएकाले रक्त अल्पताको खतराबाट जोगाउँछ । भिटामिन बी १२ र फालिक एसिडको कमि भएकै कारण रक्तअल्पता लाग्छ ।
तागत बढाउँछः पोेषणयुक्त खाद्यान्नको स्रोत मानिएको मकैमा कार्बोहाइड्रेडको मात्रा धेरै हुने भएकाले मकै खानाले शरिरमा आवश्यक पर्ने तागत प्राप्त् हुन्छ ।
कोलस्ट्रोल कम गर्छः कलेजोले उत्पन्न गर्ने दुई प्रकारका कोलेस्ट्रोललाई मकैको सेवनले कम गर्छ । एलडीएल एक प्रकारको नराम्रो कोलेस्ट्रोल हो । यसले चिल्लो पदार्थलाई बढाउने भएकाले नराम्रो मानिन्छ । जसले मुटु कमजोर बनाउने र मुटु सम्बन्धी विभिन्न समस्याहरु उत्पन्न गराउँछ । मकैमा प्रसस्त मात्रामा भिटामीन सि पाइने भएकाले कलेस्ट्रोलको मात्रालाई बढ्न दिँदैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
