दिमागलाई सधैँ तेज राख्न गर्नुहोस् यी काम

काठमाडौं । एक अध्ययनका अनुसार उमेर बढ्दै जाँदा मानिसको स्मरणशक्ति पनि ह्रास हुँदै जान्छ। धेरैमा यो समस्या देखा पर्दछ। यसबाट बच्नका निम्ति के गर्ने ? धेरै मानिसहरु अनविज्ञ हुन्छन् यी बिषयमा।

न्यूरोलोजी जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार मानसिक सन्तुलनलाई कायम राख्न पढ्ने, सांगितिक कार्यक्रममा सक्रिय बन्ने, विभिन्न कार्यक्रममा उपस्थित बन्ने गर्नुपर्दछ। मानिसले कहिल्यैपनि एकान्तमा मन्थन गर्नु हुँदैन । धेरै एकान्त प्रेमी मानिसमा बिर्सने समस्या रहेको हुन्छ।

Advertisement

स्वीडेनको गोदनवर्ग विश्वविद्यालयका अनुसार, ‘यो नतिजाले संकेत गरेको छ, अधबैँशे उमेर र बुढापाकाले सक्रिय बन्नु नै स्मरणशक्ति बढाउनु हो । स्वास्थ्यलाई सुरक्षित राख्न सकेको व्यायमपनि आवश्यक छ । यो आइडिया निकै रोमाञ्चक छ, यसमा मानिसको व्यक्तित्व बढ्नुका साथै स्मरण शक्ति जोगाइराख्न मदत मिल्नेछ । स्वीडेनमा गरेका अध्ययनमा ८०० महिला सामेल थिए जसमा धेरैको उमेर ४७ वर्ष राखिएको थियो।

More News last news
Loading...