दाँत माझ्दा यी कुरा ध्यान दिनुस्, नत्र…

दाँत माझ्दा यी कुरा ध्यान दिनुस्, नत्र...

शोधकर्ताहरुले बच्चा र बृद्धहरुलाई दाँत माझ्नका लागि सिकाइएको तरिका गलत र भ्रामक भएको बताएका छन्। बच्चा र बयस्कहरुको ब्रस गर्ने तरिका फरक हुनु पर्ने उनीहरुको भनाइ छ।

युनिभर्सिटी कलेज अफ लण्डनका शोधकर्ताहरुले दाँत कति पटक र कतिबेर सम्म माझ्ने भन्ने विषयमा विशेषज्ञहरुबीच एकमत नरहेको भन्दै यसमा रहेको भ्रम हटाउनु पर्ने बताएका हुन्।

Advertisement

युनिभर्सिटी कलेजका शोधकर्ता डाक्टर जोन ब्यानराइट तथा प्राध्यापक ओब्रे शिहमले विभिन्न टुथब्रस कम्पनी, दन्त चिकित्सा र डेन्टल एसोसिएसन सम्बन्धी ६६ श्रोतमा आधारित भएर यो निष्कर्ष निकालेको बताए ।

ब्रिटिश डेन्टल जर्नलमा प्रकाशित यो अध्यन रिपोर्टमा शोध कर्ताहरुले विभिन्न कम्पनीका दाँत माझ्ने ब्रस र पेष्टहरुमा ठूलो भिन्नता नरहेको समेत भनिएको छ।

अधिकाँश कम्पनी र चिकित्सकहरुले ब्रश दाँतमा सिधा राखेर गोलो घुमाउने सुझाव दिन्छन् । त्यसै गरी विभिन्न डेन्टल एसोसिएसनले ६ फरक फरक तरिका सुझाएको भन्दै शोधरकर्ताहरुले यो भ्रम सच्चाउन सुझाव दिएका हुन् ।

त्यसैगरी कुनै कम्पनीले दिनमा २ पटक र कुनैले ३ पटक ब्रश गर्न भनेर भ्रम उत्पन्न गरेको पनि उनीहरुको भनाइ छ ।

More News last news
Loading...