वैवाहिक जीवनमा फाटो ल्याउन सक्छन् तपाईंका यस्ता गल्ती

काठमाडौं । हाल अधिकांश जोडी लामो समयसम्म डेट गरेपछि विवाह बन्धनमा बाँधिन्छन् । तर, केही समयपछि उनीहरुबीच फाटो आउन थाल्छ । केही सम्बन्ध त पारपाचुकेसम्म पुग्न सकछ । यस्तो स्थितिबाट बच्न दम्पतीले केही गल्तीबाट बच्नु अत्यन्त आवश्यक छ ।

एक्सको लागि चिन्तित हुनु

Advertisement

विवाहपछि आफ्नो एक्स अर्थात् पूर्व प्रेमीसँग राम्रो मित्रता कायम गरे पनि उसको बारेमा धेरै चिन्तित हुनाले, धेरै कुराकानी गर्नाले आफ्नो पति अथवा पत्नीलाई असुरक्षित महसूस हुन सक्छ । यो झगडाको बीज पनि बन्न सक्छ र यसले सम्बन्धमा फाटो ल्याउन सक्छ ।

सानोसातो कुरामा झगडा गर्नु

भन्ने गरिन्छ वैवाहिक जीवनमा सानातिना झगडा त भइरहन्छन् । तर, यस्ता झीनामसिना कुराले नै दम्पतीलाई एकअर्काप्रति नकारात्मक बनाउँछ । पछि यो सानो झगडाले उग्र रूप पनि लिन सक्छ । त्यसैले सम्बन्धलाई बलियो बनाउन यस्तो स्थितिलाई सम्हाल्नु आवश्यक छ।

आफ्नो भावना प्रस्तुत नगर्नु

तपाईं कस्तो महसूस गरिरहनुभएको छ ? आफ्नो जोडीको कुन कुरा तपाईंलाई मन परिरहेको छैन र कुन कुराले तपाईंलाई चिन्तित बनाइरहेको छ, यस्ता भावनासँग सम्बन्धित कुरा मनमा गुम्साएर राख्नु घातक हुन सक्छ । त्यसैले आफ्नो भावना खुलेर प्रस्तुत गर्नुपर्छ । यसले दम्पतीबीचको दूरी हटाउन सहयोग गर्दछ ।

ईर्ष्या

वैवाहिक जीवनमा बाँधिसकेपछि एकअर्काप्रति ईष्र्या भन्ने चिज नै रहँदैन भनिन्छ । दुवै एकअर्काको भइसकेपछि एकअर्काप्रति समर्पित भइसकेपछि ईष्र्याको भावना उत्पन्न हुने ठाउँ नै रहँदैन भन्ने गरिएको छ । तर, ईर्ष्या भन्ने कुरा कोहीसँग पनि कुनै पनि बेला उत्पन्न हुन सक्छ । त्यसैले यदि केही कुरामा ईष्र्या उत्पन्न भएको छ भने आफ्नो जीवनसाथीलाई त्यसको बारेमा खुलेर बताउनु जरुरी छ । कुनै पनि कुरा मनमा लुकाएर राख्नु जीवनको लागि नै हानिकारक हुन सक्छ ।

एकअर्काको रुचिको सम्मान गरौं

पतिपत्नी भइसकेपछि हरेक कुरा बाँड्नुपर्ने हुन्छ । यस्तोमा आफ्नो जीवनसाथीको व्यक्तिगत रुचिको सम्मान गर्नु आवश्यक छ । विवाहको प्रारम्भिक समयमा नै एकअर्काको रुचिको बारेमा थाहा पाउनु सबैभन्दा राम्रो हुन्छ । किनकि, एकअर्काको रुचि, व्यक्तित्वको सम्मान नगर्ने हो भने यही कुराले नै झगडा उत्पन्न गरेर सम्बन्धमा फाटो ल्याउन सक्छ ।

सम्पत्तिको व्यवस्थापन

पैसा यस्तो वस्तु हो जसले सम्बन्ध जोड्न पनि सक्छ र छुटाउन पनि सक्छ । परिवारमा एक जना मात्र कमाउने होस् अथवा पतिपत्नी दुवैले कमाउने होऊन्, पैसाको व्यवस्थापन अत्यन्त जरुरी छ । घर, गाडी किन्नु, भ्रमणको योजना बनाउनु, ऋण लिनु र दिनु जस्ता हरेक कुराको निर्णय एक्लैले लिनु हुँदैन । आफ्नो जीवनसाथीलाई पैसासँग सम्बन्धित हरेक निर्णयमा सहभागी गराउनु आवश्यक छ ।

More News last news
Loading...