के तपाईलाई थाहा छ बाडुल्की लाग्नुको रहस्य ? थाहा पाउनुहोस्

नेपालमा यदि बाडुल्की लाग्यो भने कसैले सम्झिए होला भन्ने चलन छ। सामान्यतया २ वा ३ सम्म आएको बाडुल्कीमा कुनै खतरा नभएपनि लगातार धेरै पटक बाडुल्की लाग्यो भने अलिक सजग पनि हुनुपर्ने हुन्छ। चिकित्सकहरुका अनुसार बाडुल्की धेरै लाग्नु पनि राम्रो होईन भनेका छन् । कहिलेकाही स्वास्थ्यमा असर नपारेपनि केहि बेर सम्म बाडुल्की लाग्दा हामीलाई निकै गाह्रो हुने गर्छ । यसलाई रोक्न वा कम गर्नको लागि घरेलु उपायहरुका बारेमा जानौ :

बाडुल्की धेरै लागे कागतीमा मह मिसाएर पिउनाले राहत दिन्छ। अथवा सानो कागतीको टुक्रालाई मुखमा लिएर बस्नाले पनि फाईदा दिन्छ।

Advertisement

२) अँलैची मिसाएर उमालेको पानी पिउने र नुन मिसेको पानी पिउँनाले पनि फाईदा गर्छ।

३) एक चम्चा चिनी मुखमा राखेर चुस्नाले वा अदुवाको सानो टुक्रा चुसेर बस्नाले पनि बाडुल्की आउन बन्द हुन्छ।

४) लगातार बाडुल्की आउँदा लामो सास फेरेर एक छिन रोकी फेरि छोडनाले पनि बाडुल्की आउँन बन्द हुन्छ।

५) मरिच र मिश्रीलाई चुर्ण बनाएर पिउँनाले पनि राहत पाईन्छ।

६) चकलेट पाउडर फुक्का रुपमा खादाँ पनि बाडुल्की आउँन बन्द हुने गर्छ।

७) यदि बाडुल्की लगातार आएर तपाई हैरानीमा पर्नु भयो भने पिनट बटर वा बदाम खानाले पनि राहत दिन्छ।

८) दुबै कानमा हात राखेर स्ट्रो वा नलिको साहयताले पानी वा कुनै पनि स्वास्थ्य पेय पद्र्धाथ पिउँनाले पनि फाईदा पुग्छ।

९)बाडुल्की धेरै आउँने समस्या छ भने बोसोयुक्त मासु र फ्रिजमा राखिएको खानेकुराबाट टाढै रहौ।

More News last news
Loading...