तपाई हामी घ्यू नखाएको कमै होलाऊ। अझ गाउ घरमा आफ्नै घरमा पालिएको गाई भैसी पालेर सुद्ध घ्यु खाने चलन छ । घ्यू खानु स्वास्थ्यको लागि अति राम्रो मानिन्छ। नीमको कमलो ८-१० वटा पात तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ। यसैगरी यसले शरीरमा निस्केको सेतो दुबीको पनि उपचारमा सहयोग गर्नेछ।
१. टाउका दुखेमा
गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ।
२. जाडोले कामज्वरो आएमा
एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २-४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ।
३. ओठ फुट्ने भएमा
एक चम्चा घ्यूमा एक चिम्टी नून हालेर तताएर राख्नुहोस् र ओठ फुटेको बेलामा दिनको २–४ पटक लगाउनु होस् । सुत्नेबेलामा नाइटोमा घ्यू लगाएर सुत्ने गरेमा पनि ओठ फुट्दैन ।
४. आँखाको कमजोरीमा
राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १्२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन।
५. धेरै दिसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १–१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३–४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दिसा धेरै लागेको ठीक हुन्छ।
६. आँखा धमिलो र फूलो परेमा
गाइको घ्यूमा नीमको फूलको गाजल बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
