यत्ति वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने वैज्ञानिक दाबी !

काठमाडौं । मान्छे कहिलेसम्म बच्चा हुन्छ यो सामान्यतया बहस गर्नुपर्ने विषय होईन्। बीस वर्ष हाराहारीको उमेर हुँदा के तपाईँलाई कसैले ‘परिपक्व बन्नुपर्छ’ भनेका छन् ? अथवा त्यो उमेरमा तपाईँलाई इन्टरनेटमा बिरालोका रमाइला भिडियो हेर्ने रहर छ ?

यदि त्यसो हो भने तपाईँ किन त्यो उमेरसम्म वयस्क जस्तो व्यवहार गरिरहनु भएको छैन भन्ने कुराबारे वैज्ञानिक कारण हुनसक्छ।

Advertisement

मस्तिष्क अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार मानिसहरू ३० वर्षको उमेर नटेक्दा सम्म पुर्णरूपमा ‘वयस्क’ हुन सक्दैनन्।

नेपाल र ब्रिटेनसहित धेरै देशका कानुन अनुसार १८ वर्ष पुगेकाहरूलाई वयस्क मानिन्छ। वैज्ञानिकका अनुसार मानिस परिपक्वा वा वयस्य हुने उमेर हरेकका लागि फरक हुन्छ। विभिन्न अनुसन्धानका अनुसार १८ वर्षको उमेर भएका व्यक्तिहरूको मस्तिष्कमा परिवर्तन भइरहने हुँदा त्यसले उनीहरूको व्यवहारमा प्रभाव पार्न सक्छ।

केमब्रिज विश्वविद्यालयका प्राध्यापक पिटर जोन्सले भने, ‘तपाईँ बाल्यकालबाट वयस्क अवस्थामा कहिले पुग्नुहुन्छ भन्ने कुरा बेतुकको तर्क जस्तो देखिन्छ।

बाल्यकालबाट वयस्य हुने प्रक्रिया तीन दशकमा सम्पन्न हुने निकै सूक्ष्म परिमार्जन हो।’ उहाँ थप्नुहुन्छ, ‘मेरो अनुमानमा शैक्षिक, स्वास्थ्य र कानुनी प्रणालीले वयस्यको उमेर तोक्नु आफ्नो अनुकूल परिस्थिति बनाएका हुन।’ बीबीसी

More News last news
Loading...