काठमाडौं । पहिलो पटक जापानले नेपाली कामदार लैजाने गरी समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
सोमबार नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। उक्त समझदारीपश्चात् अब सरकारी संयन्त्रमार्फत् नै नेपाली कामदार जापान लगिने बताइएको छ।
सम्झौतापछि करिब दुई साताभित्रै नेपाली कामदारहरूको छनोटको काम सुरु हुने बताइएको छ। जापानले सरकारी तवरबाटै कामदार लैजाने छ । जसका कारण नेपालीहरु म्यानपावरको झन्झटबाट भने मुक्त हुने छन् । नेपालले जापनसँग सरकारी तवरबाट लैजाने गरी समझदारी गर्न पटक पटक माग गरेको थियो ।
समझदारी अनुसार वैदेशिक रोजगार विभागमा एउटा शाखा खडा गरिने छ । सोही शाखाले कामदार पठाउन सहजीकरण गर्ने छ । समझदारी अनुसार नेपाली कामदारले जापानमा मासिक दुई लाख तलव पाउने छ। दक्षिण कोरिया र इजरायल पनि सरकारी तवरबाटै नेपाली कामदार पठाईदै आएको छ । जापानले पनि कोरिया जस्तैगरी जापानी भाषा प्रवीणता परीक्षण (जेएलपीटी) को चौथो तह उत्तीर्ण गर्ने व्यक्ति जापान जानका लागि योग्य हुनेछन्।
जापानले दक्ष र अदक्ष दुवै क्षेत्रका कामदार लैजाने छ । कति कामदार नेपालबाट लैजाने भन्ने विषय भने खुलाएको छैन । जापानले नौ देशबाट भने पाँच वर्षभित्र तीन लाख ४२ हजार कामदार लैजाने निर्णय भने गरिसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
