यी हुन्, दिमाग तीखो बनाउने खानेकुराहरू

गोलभेंडा सलादका रूपमा खानुभयो भने दिमागलाई धेरै फाइदा गर्छ। यसमा भएको लाइकोपीन एन्टीअक्सिडेन्टले शरीरलाई –याडिकल कणहरूबाट रक्षा गर्छ। मस्तिष्कका कोशिकाहरूलाई यसले सुरक्षित बनाउँछ।

हरियो तरकारी

Advertisement

हरियो तरकारी भरपूर मात्रामा पोषक तत्त्वहरू हुन्छन् । यिनले दिमागमा खराब असर गर्ने टक्सिनबाट बचाउँछन् । गाजर, बन्दाकोभी, काउली र सिमीहरूमा एन्टीअक्सिडेन्ट गुण हुन्छन् जसले दिमागलाई राम्रो बनाउँछन् ।

दही

दहीमा अमिनो एसिड हुनाले स्मरणशक्ति बढ्छ । यसले तनाव पनि भगाउँछ । दहीमा ड्राई फ्रुट हालेर खाँदा धेरै फाइदा पुग्छ ।

ओखर

दिनदिनै एक मुट्ठी ओखर खानुभयो भने दिमागका नसाहरू तेज हुन्छन् ।

पालुंगो

पालुंगोमा भएको प्राकृतिक एन्टीअक्सिडेन्ट गुणले शरीरलाई धेरै लाभ दिन्छ। यसमा भएको आइरन र म्याग्नेसियमले स्मरणशक्ति बढाउँछ र रगतलाई दिमाग तथा शरीरका अन्य अंगसम्म पु–याउँछ।

आलस

आलसको बिउमा फाइबर र प्रोटीन भरपूर हुन्छ। आलसका बिउलाई दहीमा हालेर खाँदा दिमाग तीखो हुन्छ।

त्यस्तै ब्लुबेरी, केरा, चकलेट, फर्सीको बियाँ, जैतून तेल र साबुत अनाजले पनि दिमाग तीखो बनाउँछन्। समेत काम गर्छ। स्वास्थको सहयोगमा

More News last news
Loading...