यस्ता व्यक्तिहरुमा आउँछ धेरै निराशवादी सोच !

चितवन । भनिन्छ सकारात्मक सोचले मानिसको आधा भन्दा बढी रोगहरु निको हुन्छ । जब मानिसको मनस्थितीमा नकारात्मक सोच आउन थाल्छ तब मानिस एक्लिन थाल्छ र केही न केही नकारात्मक काम गर्न थाल्छ।

हाल सम्म भएका विभिन्न घटनाहरु पनि मानिसको दिमाखमा खेल्ने नकारात्मक कुराको प्रतिफल हो । जब मानिसले साचेको कुरा भन्दा माहोल परिवर्तन भईदिन्छ , त्यस पछि मानिस निराशावादी हुन्छ र त्यही निराशावादी पछि गएर नकारात्मक सोचको विकास हुन्छ।

Advertisement

यस्ता व्यक्तिहरुमा आउछन् धेरै निराशवादी सोच

– निराशा हुने कारण साइकोलोजिकल र पारिवारिक हुन सक्छ । निराशापनले सोचाइ र व्यवहारमा असर गर्छ । यसको उपचार समयमै भएन भने कहिलेकाहीँ ठूलो समस्या निम्त्याउन सक्छ ।

– कहिले काहीँ जागिरमा सोचेको जस्तो पद्धोन्ती हुन नसक्दा पनि व्यक्ति निराशावादीको सिकार हुन सक्छ ।

– दीर्घरोगीहरू धेरै निराश हुन सक्छन् । यस्ता व्यक्तिको मनमा नकारात्मक भावनाले घर गर्छ ।

– आफ्नो क्षमताभन्दा ठूलो महत्वकांक्षा राख्ने व्यक्तिहरूमा पनि निराशा छाउँछ ।

– थाइराइड भएका व्यक्तिमा पनि निराशाको लक्षण देखिन्छ । मुटुको सर्जरी गरेका, दुर्घटनामा परेका, लागुऔषध सेवन गर्ने र रिस नियन्त्रण गर्न नसक्ने व्यक्तिहरू पनि निराश हुन्छन् ।

कतिपय व्यक्ति सधैँजसो निराश देखिन्छन् । काममा उत्साहित नहुने, जतिवेला पनि मनमा पीडा भएको अनुभव गर्छन् । कसैप्रति चासो नदिने, एकोहोरो सोचिरहने, सानो कुरामा मन दुखाउने, सानो कुरामा धेरै खुसी देखिने लक्षण देखाउँछन् । निराशापन एक प्रकारको मानसिक रोग हो ।

लक्षण

– धेरै निराश हुने, रमाइलो महसुस गर्न नसक्ने, सम्झन नसक्ने, थकानको महसुस हुने, आत्मविश्वासमा कमी आउने, सधैँ नरमाइलो लाग्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने, निद्रा गडबड हुने, खाना खान मन नलाग्ने, कसैसँग बोल्न मन नलाग्ने इच्छाशक्तिमा कमी, हरेस खाने, केही गर्न सक्दिनँ भन्ने सोच आउने व्यक्तिमा आत्महत्याको सोच आउँछ ।

– निराशापनको समस्या भएका अधिकांश व्यक्तिलाई टाउको, पेट, छाती वा हातगोडा दुख्ने लक्षण देखिन्छ । यस्ता व्यक्ति हलचल नगरी बसिरहने, खाना नखाने र नबोल्ने पनि गर्छन् ।

बच्ने उपाय ?

– मनमा नकारात्मक कुरा आउँछ भने सकेसम्म मनलाई अन्यत्रतिर लैजानुपर्छ । नकारात्मक सोच्नु हुँदैन । के कारण मनमा नकारात्मक सोच आएको हो, पत्ता लगाउनुपर्छ ।

– धेरै मोबाइल नचलाउने तथा परिवार र साथीहरूसँग आफ्ना समस्या सेयर गर्ने गर्नुपर्छ । एक्लै बस्नु हुँदैन, धेरै साथी बनाएर रमाइला गफगाफतिर आफूलाई केन्द्रित गर्नुपर्छ ।

More News last news
Loading...