दिमाग तेजिलो बनाउन चाहनुहुन्छ ? यी उपाय अप्नाउनुहोस्

बनाउनुहोस् दिमाग तेजिलो,यी उपाय अपनाउनुहोस स्मरणशक्ति बढाउनुहोस, कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपनि याद आउँदैन । यस्तो धेरै जनालाई हुने गर्छ ।
उमेर ढल्किँदै जाँदा स्मरणशक्ति कमजोर हुन्छ । तर आजकल त सानो उमेरका मानिसको स्मरण शक्ति पनि कमजोर भइरहेको छ । तनाव, खराब जीवनशैली तथा खानपान अनि अपूरो निद्राले दिमागमा दबाब परेर स्मरणशक्ति नाश गराउन भूमिका खेल्छ । यस्तो भएपनि तपाईँ आफ्नो दिमागलाई तेजिलो बनाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्ः

१. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्
यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स गर्दै याद गर्नुहोस् । यसो गर्दा तपाईंलाई ती कुराहरु धेरै समयका लागि याद हुन्छ । यस्तो तरिका अभिनेताहरुले पनि अपनाउने गर्छन् ।

Advertisement

२. बिहान यसरी उठ्नुहोस्ः
अब तपाईंले निन्द्रा निकै महत्वपूर्ण छ भनेर बुझ्नुभयो होला । यदि तपाईं पाँचघण्टा भन्दा कम सुत्नुहुन्छ भने तपाईं मानसिक रुपमा त्यति सतर्क रहन सक्नुहुन्नँ । यहि स्थिती त्यतिबेला पनि बन्ने गर्छ जब तपाईं १० घण्टाभन्दा बढी सुत्नुहुन्छ । साथै, तपाईं कसरी उठ्नुहुन्छ त्यो पनि महत्वपूर्ण हुन्छ ।सबैभन्दा राम्रो त तपाईं अँध्यारोमा सुत्नुहोस् र बिस्तारै उज्यालो भइरहेका बेला उठ्नुहोस् । बिहानको सूर्यको प्रकाश यदि तपाईंको आँखामा पर्छ भने यसले दिमागलाई उत्कृष्ट प्रतिक्रियाका लागि तयार गर्छ । घरमा यदि सूर्यको किरण पर्दैन भने यस्तो अलार्म किन्नुहोस् जसमा लाइट सिस्टम राखिएको हुन्छ ।

३. सन्तुलित भोजन
जुन खानेकुरा खानुहुन्छ, ती खानेकुराको ऊर्जाको २० प्रतिशत हिस्सा सिधा दिमागमा पुग्ने गर्छ । यही कारणले दिमागको कामकाजी स्थिती ग्लूकोजको स्तरमा निर्भर हुन्छ । यदि तपाईंको सुगर लेभल नियन्त्रणमा छैन भने तपाईंको दिमाग कन्फ्युज हुनसक्छ । डोपामाइन केमिकल निष्काशन गर्ने खाना दिमागका लागि उत्कृष्ट मानिन्छ । दिमागको कोसिका फ्याटबाट बन्ने गर्छ त्यसकारण खानामा फ्याटको प्रयोगलाई जारी राख्नुहोस् । यसका साथै नट्स,बेसार,स्याउ,दही,बदाम, नास्पाती र माछा दिमागका लागि निकै राम्रो मानिन्छ ।

४. पढेर सुत्नुहोस्ः
यदि तपाईं सुत्नुअघि केही नयाँ पढ्नुहुन्छ भने तपाईंको दिमागका दुई कोशिकाको तार जोडिने गर्छ र तपाईं सुतेपछि यी दुई कोशिकाबीचको सम्पर्क निकै बलियो हुन्छ र तपाईंले जे पढ्नुभएको छ, त्यो तपाईंको स्मृतिमा समावेश हुन्छ । त्यसकारण निन्द्रा स्मरणशक्तिका लागि सबैभन्दा महत्वपूर्ण कडी हो । यही कारण सुत्नुअघि फिल्म हेर्न र डरलाग्दो कहानी हेर्नबाट बच्नुहोस् । सकारात्मक सोच र अनुभवसहित सुत्नुपर्छ ।

५. नयाँ चुनौतीको खोजी
दिमागलाई स्वस्थ राख्नका लागि तपाईं त्यसलाई चुनौती दिनुहोस्, नयाँ कुराहरु सिकिरहनुहोस् । अर्थात् कुनै नयाँ भाषा सिकेर र नयाँ कला सिकेर तपाईं आफ्नो दिमागको क्षमतालाई बढाउन सक्नुहुन्छ । यी सबै गर्न सक्नुहुन्नँ भने आफ्ना साथी र परिवारका सदस्यसँग अनलाइन गेम नै खेलेर हेर्नुहोस् ।

६. व्यायाम
व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त रहन्छ ।

७. संसारसँग सम्पर्क टुटाउन पनि सिक्नुहोस्
तनाव दिमागका लागि राम्रो मानिन्छ किनभने दिमागले आपतकालिन अवस्थामा नै तीब्र रुपमा सोच्ने गर्छ । तर धेरै समयसम्म तनाव लिँदा यसमा नकारात्मक असर पर्ने गर्छ । त्यसकारण कहिलेकाँही संसारसँग सम्पर्क टुटाउन निकै आवश्यक हुन्छ । यसले दिमागलाई आराम दिन्छ ।

८.संगीत सुन्नुहोस्
संगीतको दिमागमा निकै सकारात्मक असर पुर्याउँछ । कसैले गीत सुनिरहेका बेला वा सांगीतिक बाजा बजाइरहेका बेला हेर्नुहोस्, उनीहरुको पूरा शरिर सक्रिय भइरहेको हुन्छ । धेरै पटक स्मरण शक्ति गुमेका बेला संगीतले निकै सहयोग गर्नेछ ।

More News last news
Loading...