कस्तो कपालमा कुन तेल लगाउने भन्ने पाटो महत्वपूर्ण हुन्छ। सबै कपालमा सबै तेलको प्रयोग फाइदाजनक हुँदैन। तेलका कारण कुनै साइड इफेक्ट नभए पनि नतिजा सकारात्मक नदिएपछि तेल लगाउनुको अर्थ नै रहँदैन। त्यसैले सुरुमा आफ्नो कपालको क्वालिटी बुझ्नुहोस् र तेल रोज्नुहोस्।
ड्राई अर्थात् सुक्खा कपाल छ भने नरिवलको तेल लगाउनु राम्रो हुन्छ। नरिवलको तेलले कपालको सुक्खापन कम गराएर नरम बनाउन भूमिका खेल्छ। मुख्यतः कलरिङ गरिएको कपाललाई नरिवलको तेलले फाइदा गर्छ। किनभने, यो कपाल सुक्खा हुन्छ।
कलरिङ नगरिएको कपाल पनि ड्राई हुन्छ । नर्मल ड्राई कपालमा ओलिभ र तोरीको तेल लगाउनु राम्रो हुन्छ।
ड्राई नभएको नर्मल कपाललाई बिग्रिन नदिन तथा स्वस्थ राख्न पनि तेल लगाउनुपर्ने आवश्यकता हुन्छ। हप्तामा एक–दुईपटक नर्मल कपालमै पनि आयल मसाज गर्नु फलदायी हुन्छ। नर्मल कपालका लागि आलमोन्ड आयल उपयुक्त हुन्छ।
कपालको क्वालिटीअनुसार तेल रोजेर मात्रै पुग्दैन। कपालमा तेल कति समय राख्ने भन्ने कुराले पनि अर्थ राख्छ । स्काल्प बढी ड्राई भएका व्यक्तिले रातभर कपालमा तेल राखेर भोलिपल्ट बिहान नुहाउँदा ठीक हुन्छ।
टाउकाको छालामा कुनै समस्या छ, माइग्रेन छ भने रातभर तेल लगाएर छाड्नुहुँदैन। यसले नकारात्मक असर गर्न सक्छ । खास त टाउको दुख्ने समस्या निम्त्याउन सक्छ।
सामान्यतया तेल लगाएको दुई–तीन घन्टासम्म रहन दिएर टाउको पखाल्दा पर्याप्त नै हुन्छ । यो जुनसुकै प्रकृतिको कपालमा पनि लागू हुन्छ।
८, धेरै तातो तेलले कपालमा मसाज गर्नुहुँदैन । तेल राम्रोसँग तताउने, तर मनतातो बनाएर लगाउनुपर्छ । तातो तेलले कपालको जरा कमजोर बनाउने तथा कपाल नै फेड गराइदिन्छ।
नुहाउनुअघि टाउकोमा मसाज गर्न बाक्लो खालको तेल लगाउनुपर्छ । कपालको जरैसम्म भिज्ने गरी औँलाले खेलाउँदै तेल लगाउनुपर्छ । तेल लगाइसकेपछि महिलाले लामो कपाललाई हल्का पोको पारेर राख्नुपर्छ।
नुहाएपछि पनि कपालमा तेल लगाउने हो भने ननस्टिकी आयल रोज्नुपर्छ। नुहाएपछिको कपालमा पातलो खालको तेल आवश्यक पर्छ। यो वेला बाक्लो खालको तेल लगाउनुहुँदैन । बाक्लो तेल लगाउँदा बढी चिपचिप हुने र अनुहारसम्म लतपतिने हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
