जिवनमा उतारचढाव आइरहन्छन्। यस्तो उतारचढावमय जिवनमा आफुलाई सन्तुलित राख्नु सबैभन्दा महत्वपूर्ण कुरा हो।
कहिलेकाहीँ बाहिरी हल्लाखल्ला वा समस्या त कहिलेकाहीँ आफ्नै दिमागमा चलिरहेको हलचलले हामीलाई अस्थीर बनाउँदछ र आफुलाई सन्तुलित राख्न निकै गाह्रो हुन्छ। यस्तोमा दिमागलाई शान्त तथा सन्तुलित राख्नका लागि केही उपायहरु कामयावी हुनसक्छन्, जुन निम्नानुसार छन्:
एकपटकमा एक कदम
आज तपाइँसँग जे भैरहेको छ त्यसमध्ये यस्तो केहीपनि हुँदैन जसले तपाइँलाई अघि बढ्नबाट रोक्न सकोस् । त्यसैले एक पटकमा एउटा मात्र पाइला चाल्नुहोस् । अर्थात् एकचोटीमा एउटा मात्र काम पूरै एकाग्रताका साथ तथा इमान्दारीताका साथ गर्नुहोस् । दुइवटा डुंगामा खुट्टा हाल्ने वा एकैचोटी धेरैतिर हात हाल्दा असफल हुने सम्भावना धेरै हुन्छ । यसो गर्दा तनाव हुन्छ र दिमाग अस्थीर तथा अधीर हुन्छ।
बितेका कुरामा चिन्ता नगर्नुस्
बगेको खोला फर्किँदैन भनेझैँ बितिसकेका कुराहरु चाहे जतिसुकै पीडादायी होउन् त्यसमा तपाइँले अहिले जति नै धेरै चिन्ता जनाएपनि त्यसमा कुनै फरक पर्दैन । त्यसैले बितेका कुरामा चिन्ता वा पश्चाताप गरिरहनुको अर्थ छैन । त्यस्तै भोलिको कुरालाई लिएर बढि चिन्ता वा उत्तेजना पालिरहनु पनि आवश्यक हुँदैन । आज तपाइँको अगाडि जे छ, त्यसमै चित्त बुझाउने तथा राम्रो बनाउने तर्फ प्रयास गर्नुपर्छ।
कुनै एउटा खराब कुरालाई लिएर पूरै दिन बर्बाद नगर्नुस् :
एउटा समय खराब थियो भनेर सधै उस्तै खराब हुँदैन । त्यसैले दिनमा एउटा कुनै अपि्रय घटना भयो भनेर त्यसैलाई मनमा खेलाएर पूरै दिन बर्बाद गर्नु हुँदैन । सकारात्मक सोँच्नुपर्छ र नमीठो अनुभवलाई भुल्नुपर्छ।
अप्रिय कुरामा नअल्झिनुस्
पूरै किताबको कहानी त्यसको एक अध्यायले बताउन सक्दैन । त्यसैले कुनै एउटा गल्तीले नै तपाइँको पूरै प्रतिष्ठा धमिल्याउन सक्दैन । तपाइँको चरित्र नामेट पार्न एउटा मात्र खराब घटना पर्याप्त हुँदैन । त्यसैले जिन्दगीका पानाहरु पल्टाउँदै जानुस् । कु्नै एउटा अपि्रय कुरा तथा गल्तीमा नअल्झिरहनुस् ।
जिन्दगी सधै बदलिरहन्छ
तपाइँ कहीँ फस्नुभएको छ, यो एउटा अनुभव मात्र हो वास्तविकता होइन । त्यसैले म कतै फसिहालेँ भन्ने कुरा नसोँच्नुहोस् । जिन्दगी हरेक सेकेण्डमा बदलिरहेको हुन्छ । त्यसैले सोही बदलाव सँगै आफुलार्य पनि बदल्नुहोस् ।
कल्पनामा नियन्त्रण
हरेक चिज दुइपटक बन्दछन् । एकपटक दिमागमा र दोश्रोपटक वास्तविकतामा । त्यसैले आफ्नो कल्पनालाई नियन्त्रणमा राख्नुहोस् । किनकी तपाइँको सोँच वा कल्पनानै आखिर यथार्थमा परिणत हुनेहो । यसको मतलब दिमागमा नकारात्मक कामको कल्पना वा सोँच बनाउनु हुँदैन । बढि महत्वाकांक्षा पाल्नु पनि हुँदैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
